site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तीन वर्षदेखि कोमामा रहेकी मोडल निशा घिमिरेको उपचार नर्भिक अस्पतालले गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सवारी दुर्घटनामा परेर तीन वर्षदेखि कोमामा रहेकी कलाकार तथा मोडल निशा घिमिरेको उद्धार गरिएको छ । नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीको तेतृत्वमा उनको बिहीबार उद्धार गरिएको हो । 

तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारतको देहरादून जाँदै गर्दा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी निशालाई बिहीबार ललितपुरको बतासेस्थित उनकै घरबाट नर्भिक अस्पताल ल्याइएको हो । आज बिहान उद्धार गरिएकी निशाको नर्भिक अस्पतालमा राखेर उपचार थालिएको छ । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

शरीरका महत्वपूर्ण अंगहरू जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन । नर्भिकका चिकित्सकहरूले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । “पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठिक नहोला तर कम्तीमा आफैं हिँडडूल गर्नसक्ने, आफैँ खानसक्ने र केही बोल्नसक्नेसम्म पनि भयो भने पनि धेरै हुन्छ,” नर्भिक अस्पतालका चिकित्सकहरूलाई उद्धृत गर्दै नवजीवन परोपकार समाजका संचालक दुर्गानाथ दाहालले बताए । 

“दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए । काठमाडौंमा ल्याएर निशाको ३ महिनासम्म ट्रमा सेन्टरमा उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन नसकेपछि चिकित्सकहरूकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरूमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो । नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमणसमेत बढेपछि उनलाई घरमै राखिएको थियो ।”

Global Ime bank

“आमाबुबा दैनिक ज्यालादारी गर्न जानुपर्ने भएकोले उनको पर्याप्त हेरविचारसमेत हुन सकेन । कलाकार घिमिरेको दर्दनाक अवस्थाको विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ, त्यसमा नर्भिककी प्रबन्ध निर्देशकले चासो राख्नुभयो । उहाँले आफ्नो समन्वयमा उपचार प्रबन्ध मिलाउने भनेर उद्धार गर्ने व्यवस्था मिलाउनुभएको हो । दुर्घटनाअघि ६० केजीभन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेरविचार र उचित उपचारको अभावमा सुकेर २० केजीमा सीमित भएकी छिन् । कोरोनाकालमा निशा बहिनीलाई केही सहयोग गर्न म उहाँको ललितपुरस्थित बतासेमा रहेको घरमा पुगेको थिएँ, अवस्था दर्दनाक देखेपछि मैले सहयोगको अपीलसहित पोस्ट गरेँ । मेघा चौधरी ज्यूले म उपचार गर्छु भनेर उद्धार गर्नुभयो म धेरै खुसी छु,” उनले भनेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  २३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC