काठमाडौं । कोरोनाभाइरसको संक्रमणका कारण वाग्मती प्रदेशमा थप १७ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टाको तथ्यांकानुसार वाग्मतीका विभिन्न पाँच जिल्लामा १७ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको शनिबार बेलुकी ५ बजेसम्मको विवरणानुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै चारजनाको मृत्यु पुष्टि भएको छ ।
यस्तै, कोरोनाका कारण यो अवधिमा ललितपुरमा १० र भक्तपुरमा एकजनाको मृत्यु भएको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा वाग्मती प्रदेशमा एक हजार ३३८ संक्रमित थपिएका छन् । यो अवधिमा प्रदेशभर चार हजार ५४३ स्वाब नमुनाको पीसीआर परीक्षण गरिएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३७ जनामा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये काठमाडौंमा मात्रै ७२३ छन् । ललितपुरमा १४१ र भक्तपुरमा ७३ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा वाग्मती प्रदेशमा तीन हजार १९८ जना कोरानामुक्त भएका सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।