site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख २२ हजार ५१२ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ६१७ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा १ लाख ७३ हजार ७९० संक्रमित थपिएका छन् । 

हालसम्म भारतमा ३ लाख २२ हजार ५१२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । २ करोड ७७ लाख २९ हजार २४७ जना भारतमा कोरोना संक्रमित भइसकेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैबीच, कोरोना संक्रमणका कारण हालसम्म विश्वमा ज्यान गुमाउनेको संख्या ३५ लाख १९ हजार १७५ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १६ करोड ९१ लाख १८ हजार ९९५ जनामा कोरोना संक्रमण भइसकेको छ । 

पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख १६ हजार २१५ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा ११ हजार ६८२ कोरोना संक्रमितको मृत्यु भएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्