site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सामाजिक सञ्जालमा ‘भारतीय भेरियेन्ट’ भनि उल्लेख गरिएका सामग्री हटाउन भारतको माग 
Sarbottam CementSarbottam Cement

बीबीसी । भारत सरकारले सामाजिक संजालका कम्पनीहरुलाई ‘भारतीय भेरियेन्ट’भनेर उल्लेख गर्ने कुनैपनि किसिमका सामग्रीहरु हटाउन निर्देशन गरेको छ । भारतको आईटी मन्त्रालयले विश्व स्वास्थ्य संगठनले सो भेरियेन्टलाई ‘बी.१.६१७.’को नाम दिएको हुनाले त्यसलाई ‘भारतीय’ भन्नु गलत भएको बताउँदै यस्तो आदेश जारी गरेको हो । 
तर, यसअघि पनि कोरोनाका भेरियेन्टहरुलाई त्यसको उत्पति भएको ठाउँका आधारमा नामाकरण गरिएको छ जस्तै बेलायती र ब्राजिलियन भेरियेन्ट । 

भारत सरकारले कोभिड–१९ को व्यवस्थापन सम्बन्धी धेरै आलोचनाको सामना गरिरहेको हुनाले पनि सामाजिक संजाल सम्बन्धी संवेदनशीलता अपनाउने प्रयास गर्दै आएको छ । गत महिना मात्र भारतले ट्विटरमा कोरोना नियन्त्रण सम्बन्धी आलोचनात्मक पोस्टहरु हटाउन निर्देशन दिएको थियो जसले मानिसहरुमा थप आक्रोश सिर्जना गराएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सामाजिक संजाल प्लेटफर्मलाई दिइएको यो नयाँ सरकारी आदेश चाहिँ विद्युत् एवम् सूचना प्रविधि मन्त्रालयले जारी गरेको छ । यस सम्बन्धी आधिकारिक नोट सार्वजानिक गरिएको थिएन तर समाचार एजेन्सीहरुले प्राप्त गरि खुलासा गरेका हुन् । 

द प्रेस ट्रस्ट अफ इन्डियाको रिपोर्ट अनुसार उक्त पत्रमा लेखिएको थियो, “सबै प्लेटफर्मले ‘भारतीय भेरियेन्ट’ भनेर उल्लेख गरिएका या त्यस्तो नाम दिइएका सामग्रीहरु तत्कालै हटाउनु पर्नेछ । हामीलाई प्राप्त खबर अनुसार भारतीय भेरियेन्ट विभिन्न देशमा फैलिरहेको छ भन्ने किसिमको गलत जानकारी अनलाइनमा व्याप्त भइरहेको छ । यो पूर्ण रुपमा अनुचित हो ।” 

Global Ime bank

पत्रका अनुसार विश्व स्वास्थ्य संगठनले यो नयाँ भेरियेन्टलाई भारतीय भएकोसँग कुनै सम्बन्ध जोडेको छैन । तर, एक सामाजिक संजाल प्रमुखले रोयटर्ससँग कुरा गर्दै भारतले भने अनुरुप गर्नु अत्यन्तै कठिन हुने बताएका छन् । 

बी.१.६१७. सुरुवाती भाइरसभन्दा धेरै संक्रामक नयाँ भेरियन्ट हो जुन पहिलोपटक गत वर्ष भारतमा देखा परेको थियो र अहिले दर्जनौँ मुलुकहरुमा फैलिरहेको छ । यही कारण धेरै राष्ट्रले भारतबाट आगमन निषेध गराएका छन् । 

यता, भारत सरकारले चाहिँ यस्ता निर्देशनहरु सामाजिक संजालको दुरुपयोग कम गर्नका लागि जारी गरिएको बताउँदै आएको छ । गलत सूचना प्रवाह रोक्ने उद्देश्यले यस्तो गरिएको सरकारको भनाइ छ । यसरी अवैधानिक भनिएका सामग्रीहरु अझै पनि सामाजिक संजाल प्लेटफर्ममा देखा परिरहेमा कानुनी कारबाहीको सम्भावना रहेको पनि बताइएको छ । तर, यस्ता सेन्सरले बोल्ने स्वतन्त्रताको अधिकारलाई हानि पुर्याइरहेका सम्बन्धी सरकारमाथि धेरैपटक प्रश्न उठाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC