site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
प्रधानमन्त्री ओलीलाई खुलापत्र

तेस्रोपटक प्रधानमन्त्री भएकोमा बधाई ! यद्यपि, शपथको वैधानिक कानुनी मान्यताको उपेक्षा गरेर संविधानको उपहास गर्दा तपाईंको शपथ ग्रहण नै विवाद परेको छ । वास्तविक समस्याबाट जनताको ध्यान अन्यत्रै लाने पुरानै शैली शपथ ग्रहणमा पनि दोहोरियो । संवैधानिक व्यवस्था र कानुनी राज्यको उपहास गरेर लिइएको शपथले राष्ट्रपति संस्थाको पनि अपमान भएको छ । 

प्रधानमन्त्री पदको शपथको आफूखुसी व्याख्याले नेपाली जनताको मानमर्दन भएको छ । सार्वजनिक समारोहमा राष्ट्रपतिको अपमानले नेपालीको शीर झुकेको छ । ममात्रै जान्ने, सुन्ने हुँ, मैले बुझेको सत्य नै अन्तिम सत्य हो भन्ने लामो समयदेखि पाल्दै आएको भ्रमलाई नेपालीले समयमै चिर्न नसक्दा नेपालले यो दुर्दिन देख्न र भोग्न परेको हो । 

“ईश्वर” को विज्ञानसम्मत अस्तित्व अलग्गै वहसको विषय हो । कम्युनिस्टका लागि जात, धर्म, भाषा, भूगोल, ईश्वर सबै अवैज्ञानिक हुन सक्छ । यसैले तपाईँहरूले यी सबैको ‘उपयोग’ गर्ने गरेको देखिएको छ । यसैले पशुपतिमा सुनको जलहरी राख्ने वा चितवनको माडीमा सीतारामको मूर्ति स्थापनामा चोखो श्रद्धा नभएर सत्ता टिकाउने खेलकै कडी रहेको उजागर भएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रधानमन्त्रीले जनताको पवित्र भावनामा नखेलुन् । जनता जनार्दन हुन् । जनताले चाहे भने कसैलाई पनि क्षणभरमै विस्थापित गर्न सक्छन् । प्रधानमन्त्रीले ओलीले पनि मै नै राज्य हुँ भन्ने भ्रम त्याग्नु बेस !      

प्रधानमन्त्रीमा परीक्षण भइसकेकोे व्यक्तिको क्षमता र सक्कली अनुहार पनि देखिइसकेकाले पुनरागमनबाट जनतामा कुनै खुसी र उत्साह जागेन । कोरोनाले दैनिक सयौं व्यक्तिको निधन भइरहेका बेला बधाई थाप्न पनि लाज मान्नुपर्ने हो । नयाँ व्यक्ति प्रधानमन्त्री भएको भए जनतामा नयाँ आशा पलाउन सक्नेथियो कि ? 

Royal Enfield Island Ad

तपाईंलाई भोट दिएर अहिले पश्चापतमा परेका जनता ‘बाजा बजाएर दुई तिहाइ बहुमत ल्याउँछु’ भन्ने तपाईंको अहंकार चकनाचुर बनाउने घडी कुरिरहेका छन् । पार्टीभित्रै काखा र पाखा गिरोहबन्दीले आफ्नै कार्यकर्ता पनि तपाईंसँग दिक्क छन् ।

‘जता मल्खु उतै ढल्कु’ गर्ने युवा पुस्ताको लैबरी तालले म्याद नाघेको वृद्धतन्त्रकै पृष्ठपोषण गरिरहेको छ । नेता मिलाउने नाममा आफ्नो दुनो सोझ्याउने दोस्रो पुस्ताले पनि प्रकारान्तरले आफ्नै खुट्टामा बञ्चरो हान्दै छन् । 

मध्यावधि निर्वाचनको नारामा विपक्षी दल नेपाली कांग्रेसका सभापति अलमलिए । सरकार भ्रष्टाचार, अनियमितता, असंवैधानिक र अधिनायकवादी कार्य गरेर असफल भइसकेको बेला कांग्रेसको लागि निर्वाचन उत्तम अवसर थियो र अब पनि छ ।

असंवैधानिक संसद् विघटन, प्रतिपक्षविहीन संवैधानिक मर्मविपरीतको संवैधानिक परिषदसम्बन्धी अध्यादेश, प्रेस तथा मानव अधिकार संकुचन गर्ने विधेयकहरू, न्यायालयमाथिको हस्ताक्षेप, संवैधानिक अंगहरूमा पूर्वाग्रही नियुक्ति र परिचालन आदिले संविधान च्यात्ने र उल्लंघन गर्ने कार्य स्वयं प्रधानमन्त्रीबाटै भएपछि ताजा जनादेशको लागि जनतामा जानुको अर्को विकल्प विपक्षसँग अरू के हुन्छ ? 

लोकतान्त्रिक पार्टीको नाताले पनि जनतामा जाने अभ्यासबाट कांग्रेस पछि हट्न सक्दैन । प्रधानमन्त्रींको प्रतिगमनकारी कदमलाई आन्दोलनबाटै विस्थापित गर्ने कि निर्वाचनमा जाने अन्योलमा अलमलिँदा कांग्रेस सभापती शेरबहादुर देउवाले सरकारसँग मिलेको आरोपसमेत खप्नु पर्यो । तर आफैँले विघटन गरेको संसद्को पुनःस्थापनापछि पनि प्रधानमन्त्री हुन यतिधेरै मरिहत्ते गरेको देखियो त्यसैबाट यी सबै चलखेलका पछाडि ताजा चुनाव नभई प्रधानमन्त्रीको कुर्सीमा टाँसिने अभीष्ट रहेको अहिले छर्लंग भएको छ । 

वास्तवमा संसद् विघटन बदर भएपछि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनु पथ्र्यो । प्रधानमन्त्रीको पद त्याग गर्ने गणेशमान सिंह र पार्टीभित्रको सामान्य विवादमा राजीनामा दिने कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूको आचरण त ओलीसँग अपेक्षित थिएन । तैपनि, आफैँले हत्या गरेको संसदबाट कमसेकम नैतिकताको आधारमा प्रधानमन्त्रीको दाबी नगरेर लोकतान्त्रिक मूल्य, मान्यता र संस्कृति थोरै भएपनि देखाउन सकेको भए हुन्थ्यो । उल्टै प्रधानमन्त्रीले त पदको लागि अराजनीतिक तिकडम गरेर नैतिकतालाई तिलाञ्जलि दिएको देखियो ।            

लाग्छ, अल्पमतकै सही प्रधानमन्त्री भएपछि दिग्विजय भएको भान परेको छ । निरंकुश राजाको प्रतिगमनविरुद्ध लडेको आफ्नै पार्टीभित्रैबाट प्रतिगमनकारी, प्रतिक्रान्तिकारी, जनघाती, भ्रष्टाचारी, राष्ट्रद्रोहीकोे जघन्य आरोप प्रधानमन्त्रीले पक्कै नबिर्सनुपर्ने हो । 

तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरेर शासन सत्ता कब्जा गर्ने तानाशाही, प्रतिगमनकारी कदम चालेका थिए । प्रजातन्त्रप्रति ओठे प्रतिबद्धता जनाएका पुर्व राजा ज्ञानेन्द्रले पनि चुनाव गर्ने घोषणा गरेका थिए । चुनाव त भएन तर जन आन्दोलन २०६२– ६३ को बलमा प्रतिगमनकारी शाही कदम फिर्ता गर्न पूर्व राजा बाध्य भए ।

ज्ञानेन्द्रको प्रतिगमनकारी तानाशाही कदमले २४० वर्ष लामो राजसंस्थाको पनि अन्त्य भयो । 

प्रधानमन्त्री ओलीले पनि आफ्नो अधिनायकवादी मनसुवा पूरा गर्ने ध्येयले जननिर्वाचित प्रतिनिधि सभा असंवैधानिक ढंगबाट विघटन गराउनु भएको थियो । आवधिक निर्वाचनमार्फत प्राप्त जनमतको अपमान गर्ने असंवैधानिक निर्णयकारी व्यक्ति दण्डित हुनुको साटो उल्टै प्रधानमन्त्री हुने अवस्थाले लोकतन्त्रक र कानुनी राज्य मर्माहत भएको छ । सँगसँगै विपक्षी दलको अक्षमताले पनि सीमा नाघेको छ । 

प्रधानमन्त्रीका अधिनायकवादी कदम रोक्ने संसद्भित्रको गणितीय सामथ्र्य प्रमुख विपक्ष दल नेपाली कांग्रेससँग थिएन । अर्कातिर, केपी ओली प्रधानमन्त्रीमा रहिरहनु देश, जनता र लोकतन्त्रको लागि अभिशाप हो भन्ने प्रधानमन्त्री ओलीकै सहकर्मी माधव नेपालको बलमा तपाईंलाई हटाउने विपक्षीको प्रयास सार्थक हुन सकेन । जसपाको सिंगै समर्थन जुटाउने आशा पनि विपक्षी दललाई थियो । तर, जसपाका ठाकुर र नेकपा (एमाले)का नेपाल दुवै पक्ष तपाईंको सत्ता टिकाउने बलिया हतियार बने । 

नेपालले फेरि पनि राजिनामालाई नै बार्गेनिङ्ग हतियार बनाइरहेका छन् । 

पूर्व प्रधानमन्त्री माधव नेपाललाई मनाउन तपाईंलाई २४ घन्टा पनि लागेन । एमाले नेता माधव नेपाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डे कथित कारबाही फिर्तापछि राजीनामा दिनेसम्मको आफ्नो पूर्व घोषणा छाडेर सत्ताको भर्याङ बन्न तयार भए । प्रधानमन्त्री ओली ंचाहिँ कारबाही फिर्ता गरे पनि पार्टीको सबै अधिकार खिचेर पार्टीभित्र अझै बलशाली ‘जंगबहादुर’ ।

ओली भनेको एमाले, एमाले भनेको ओली भनेझैँ आत्मसमर्पण गरेका बिचरा नेपाल पक्षलाई लक्षित गरेर अझै पनि तरबारको धार सोझ्याइरहनु भएको छ ।  

सांसद् नभएको व्यक्तिलाई एकपटक छ महिनासम्म मन्त्री बनाउनसक्ने संवैधानिक व्यवस्थालाई लत्याएर संसद् सदस्य नरहेकाहरूदाई पटक पटक मन्त्री बनाएर सत्तारोहण गर्नुभएको छ । तपाईंले देश र जनताको हितमा काम गर्ने शपथ लिँदै गर्दा कैयौं नेपालीले अक्सिजनको अभावमा प्राण गइरहेको छ ।

कोरोना भाइरससँग युद्ध गरिरहेका कैयौं संक्रमितले अझै पनि सरकारसँग अस्पतालका बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटरको आशा गरेकै छन् । सिंहदरबारको नाकैमुनि रहेको ट्रमा सेन्टरमा अक्सिजन सिलिन्डरको लागि बिरामीको हाहाकारले सबै नेपाली वेचैन छौँँ । आफन्तको पनि सहयोग पाउन नसक्ने अवस्थाले संक्रमित झन् निराश र निःसाहय बनेका छन् । 

अस्पताल चाहर्दा, चाहर्दै बिरामीको एम्बुलेन्समै प्राण गएको छ । सरकारी अस्पतालमा शय्या खाली छन् भन्ने तपाईंको अमानवीय गैरजिम्मेवार भनाइले बिरामीको चहर्याइरहेको घाउमा नुनचुक छर्कने काम गरेको छ । एम्बसलेन्स र अस्पतालको अभावमा घरघरमै आइसोलेट भएकाको परिवारको झन् के हविगत होला ? 

घर, खेत बेचेर निजी अस्पतालमा उपचार गरिरहेका कैयौं परिवार सुकुम्वासी बनेका छन् । एक अर्कामा भाइरस सर्ने डरले कोही, कसैको सहयोगी हुन नसकेको अवस्थामा सरकार सहारा भएर उभिनुपर्ने हो । तर, कोभिड संक्रमण नियन्त्रणमा सरकारको सार्थक उपस्थिति कतै देखिदैँंन ।

उद्घाटन र शिलान्यासको मोहमा परेका तपाईँंलाई रोग, भोक र संक्रमण पीडित नागरिकको उत्पीडनले कत्तिपनि छोएन । बरु उल्टै कोभिड महामारी सरकारको नियन्त्रणमा छ भन्ने तपाईंको सीएनएनसँगको गैरजिम्मेवारपूर्ण अन्तर्वार्ताले सहयोगको लागि आतुर विश्व समुदायको ध्यान अन्यत्रै मोड्ने काम गर्यो ।

अस्पतालका सडक, पेटी, चिसो भुइँमा पछारिएर प्राणको भिख मागिरहेका नागरिकको दर्दनाक अवस्थाले सबैभन्दा विचलित तपाईं हुनुपर्ने हो । मजदुरको अधिकारको लागि घोक्रो सुकुन्जेल भाषण गर्ने तपाईंलाई कम्मरमा नाम्लो बेरेर भोकै मर्ने मज्दुरको कहालीलाग्दो वेदनाले पोल्नुपर्ने हो ।

तर, सत्ताको चास्नीमा लटपटिएका तपाईलाई त्यसले छोएन । हृदयहिन रोबोटजस्तै बन्नुभएको छ तपाईँ । नेपाल भारत सीमा क्षेत्रको अव्यवस्थित आइसोलेसन र प्रहरी प्रशासनको अपमानलाई सहन नसकेर दिउँसै कर्णलीमा हाम्फालेका ह्दयविदारक घटनाले पनि तपाईंलाई छोएन ।

निर्मला पन्तजस्ता बलात्कृत, तिरस्कृत चेलीको चिच्याहट पनि तपाईंँको कानबाट छिरेन । लकडाउनको कारण रोजीरोटी गुमाएका गरिब मज्दुरले नाङ्गै खुट्टा मेची महाकालीको सयौं किलोमिटर भोकभोकै छिचोलेको पीडाले पनि तपाईंलाई ब्यूँझाएन । 
कर तिरेर पाल्ने जनताको संकटमा साथी हुनुपर्ने तपाईँं सरकार बनाउने र गिराउने खेलमा लिप्त हुनुहुन्छ । गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव पास हुने भएपछि जनमोर्चाको सांसद आईसीयुमा भर्ना गरियो ।

तपाईंका प्रिय मुख्यमन्त्री टिकाउने नाममा कोरोनाको मजाक उडाउने र किर्ते विज्ञप्ति निकाल्ने ब्यक्तिलाई किन कारबाही गरिएन ? अपराधिक कार्यमा संलग्न भएर बदनाम व्यक्तिलाई मन्त्री बनाएर राजनीतिको परिभाषै बदल्नु भयो । नेता हुनलाई समाज सेवा गर्नु पर्ने उपदेश अहिले उनैबाट ग्रहण गरिरहनु भएको छ ।

विनाकारण प्रदेश प्रमुख फेरेर विधिको शासन र संसदीय अभ्यासको धज्जी उडाउँदै हुनुहुन्छ । प्रधानमन्त्री बन्नकै लागि अर्को पार्टीका सांसद अपहरण र गुण्डागर्दीमा अब्बल जसको नामै काफी छ – तिनैको सहयोगमा डोलेश्वर रिसोर्टमा थुन्ने अराजनीतिक कार्य गर्न पनि पछि पर्नु भएन ।     

पूर्वयोग्यता नतोकिएको जसरी भए पनि सांसद भए पुग्ने नेपालमा प्रधानमन्त्री हुन कुनै योग्यता चाहिँदैन । संविधान र कानुनको यही त्रुटिमा खेलेर प्रधानमन्त्री बनेका तपाईँजस्ता असफल अधिनायकवादी शासकबाट पटकपटक शासित हुनुपर्ने इतिहास दोहोर्याई रहन हामी नेपाली अभिशप्त छाैँ । किन ? कुन पापको सजाय हो यो ?

उही तपाईंको नागरिक
–रत्नबहादुर कार्की 
Email: rkarki414@gmail.com


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro