बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कर्णालीका तीन मन्त्रीकाे शपथ नै नलिई जिम्मेवारी खोसियो
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, वैशाख ३१, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । कर्णाली प्रदेशका तीन नवनियुक्त मन्त्रीको सपथ अघि नै जिम्मेवारी खोसिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार प्रदेश सभासदस्यहरू विन्दमान विष्ट, सीता नेपाली र गोपाल शर्मालाई मन्त्रीमा नियुक्त गरेका थिए । 

विष्टलाई आन्तरिक मामिला तथा कानुन, शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र नेपालीलाई भौतिक विकास मन्त्रालय फुटाएर जलश्रोत मन्त्रालयको जिम्मेवारी दिइएको थियो । 

Duber nepal

Agani Group

सोही दिन आर्थिक मामिलामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पदबाट राजीनामा गराएर उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरूको शपथ बिहीबार ११ बजेका लागि तय भएको थियो । तर, उनीहरूको सपथ हुन सकेन् ।

शुक्रबार प्रदेश प्रमुख गोविन्द्र प्रसाद कलौनीले जारी गरेको सूचनामा तीनै मन्त्रालयको जिम्मा मुख्यमन्त्री शाहीले नै लिएको उल्लेख छ । पाटीको विवादका कारण मुख्यमन्त्री शाहीले मन्त्रालय आफैँले राखेको बताइन्छ ।

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, वैशाख ३१, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्