site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भर्चुअल बैठकमा माधव नेपाललाई खबरदारी : ओलीले जुनसुकै बेला छक्याउन सक्छन् !
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले बिहीबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएका छलफल केन्द्रीय सदस्यहरूलाई ब्रिफिङ गरेका छन् । भर्चुअल माध्यमबाट गरिएको छलफलमा नेता नेपालले ओलीसँग भएका कुराकानीको फेहरिस्त सुनाएका थिए ।

“छलफलमा नेता नेपालले पार्टी संगठनलाई अदालतको फैसला (फागुन २३) अनुरूप फर्काउने, त्यसलाई प्रस्थान विन्दु बनाएर अघि बढ्ने त्यसयता भएका निर्णयहरू खारेज गर्ने, नवौँ महाधिवेशनले पारित गरेको विधि, पद्धति, नीति, कार्यदिशा, नेतृत्वअनुरूप पार्टी सञ्चालन गर्ने, पार्टीलाई भावनात्मकरूपले एकताबद्ध गर्ने आदि विषय समेटिएको ६ बुँदे सुझाव ओलीलाई दिएको छु भन्नुभयो,” एक केन्द्रीय सदस्यले भने, “ती कुरामा उहाँ (ओली) सकारात्मक हुनुहुन्छ । ‘ल यही गरेर जाऔँला । यसको मोडालिटी के हुन्छ भनेर परिभाषित गर्न एउटा कार्यदल बनाउन प्रस्ताव गर्नुभयो ।”

नेता नेपालले कार्यदलको टीओआरका विषयमा केही कुराकानी नभएको र शुक्रबारको वार्ताले तय गर्ने जानकारी दिएको ती सदस्य बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

भर्चुअल बैठकमा कुनै पनि स्थायी कमिटी सदस्यले आफ्नो राय राखेनन् । शुक्रबार बिहानै नेता नेपालले स्थायी कमिटी सदस्यहरूलाई ब्रिफिङ गरेको एक केन्द्रीय सदस्यले बताए ।

केन्द्रीय सदस्यहरूलाई प्रदेशगतरूपमा बोल्न दिइएको थियो । छलफलमा सरिक भएका केन्द्रीय सदस्यमध्ये अधिकांशले ओलीले धोका दिन सक्छन् भनेर प्रश्न उठाएको उनले उनी बताउँछन् ।

Global Ime bank

“धेरै केन्द्रीय सदस्यको जोड पार्टी आन्दोलन बचाउनुपर्छ तर ओलीसँग झुक्नुहुँदैन भन्ने नै थियो । ओलीले आफ्नो पक्षमा संख्या चाहिँदासम्म छलफल, संवाद गर्छन्, स्वार्थपूर्ति भएपछि उही रवैया दोहोर्‍याउँछन्,” छलफलमा भाग लिएका केन्द्रीय सदस्यहरूको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, “ओलीबाट धोका हुँदैन भन्ने के ग्यारेन्टी छ र ? लिखित सहमति भएर पालना नहुँदासम्म विश्वास गर्ने आधार छैन ।”

ओलीले पटक-पटक सम्झौता गर्ने पालना नगर्ने र त्यही कारण एकता भताभुंग हुन पुगेको प्रसंग पनि त्यहाँ उठेको थियो । उनीहरूले प्रष्ट ढंगले आफ्ना कुरा राख्नुपर्ने राय अघि सारेको पनि ती नेताले जानकारी दिए ।

छलफलमा केही केन्द्रीय सदस्यले ओलीसँग सहमतिको कुनै तुक नरहेकाले आक्रोश, क्षोभ पनि प्रकट गरेका थिए ।
प्रदेश नम्बर-१ बाट घनेन्द्र बस्नेत, जीवन घिमिरे, महेश रेग्मी, राजेन्द्र राईले बोलेका थिए । प्रदेश नम्बर २ बाट  नागेन्द्र चौधरी, श्रीप्रसाद साहले बोलेका थिए । वाग्मती प्रदेशबाट रचना खड्का, कृष्ण खनाल, माधव अर्याल, सुरेन्द्र मानन्धरले बोलेका थिए । गण्डकी प्रदेशबाट चुडामणि जंगली, श्रीमाया थकालीले बोलेका थिए । लुम्बिनी प्रदेशबाट ठाकुर गैरेलगायतले बोलेका थिए । कर्णालीबाट प्रकाश ज्वालालगायतले धारणा राखेका थिए । सुदूरपश्चिम प्रदेशबाट भानुभक्त जोशीले बोलेका थिए ।

कार्यदलसहितको बैठक बस्दै
नेता नेपालले शुक्रबार ६ बजे दुवै पक्षको बैठक बस्न लागेको जानकारी गराएका थिए । सिंहदरबारमा बस्ने भनिएको बैठकमा प्रधानमन्त्री ओली र नेता नेपालसहित बस्ने बैठकका लागि आफ्नो समूहबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागि हुने जानकारी गराइएको थियो । ओलीको तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायत रहेको बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC