site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिटिजन्स बैंकको सुचना अधिकारीमा राजेन्द्र लाल श्रेष्ठ र  प्रवक्तामा अधिकारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेको सुचना अधिकारीमा राजेन्द्र लाल श्रेष्ठ र प्रवक्तामा नारायण राज अधिकारी नियुक्त भएका छन् ।

करिब २२ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत श्रेष्ठले स्थापनाकाल देखिनै बैंकमा आवद्ध थिए । भारतको पुणे स्थित सिम्बायोसिस इस्‍टिच्युट अफ बिजनेस मेनेजमेन्टबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका श्रेष्ठसँग शाखा संचालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्ता क्षेत्रमा काम गरेको अनुभव छ ।  हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका साथसाथै कम्पनी सचिवको रूपमा कार्यरत छन् ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै प्रवक्तामा नियुक्त भएका नारायण राज अधिकारीसँग बैंकिङ क्षेत्रमा करिव १७ वर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा संचालन तथा जोखिम व्यवस्थापनमा दक्षता राख्छन् ।  अधिकारीले सामान्य सेवा विभाग, मानव संसाधन विभाग, कर्जा असुली विभाग, कर्जा प्रशासन र कर्पोरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी वहन गरिरहेका छन् ।

 बैंकको प्रवक्ताको जिम्मेवारीमा रहेी उमग शर्माले आजबाट लागु हुनेगरी राजीनामा दिएसँगैं बैंकले उक्त जिम्मेवारी हेरफेर गरेका हाे ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १७:२१
प्रतिक्रिया दिनुहोस्