site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली फेरि प्रधानमन्त्री बनेपछि देशको राजनीति थप अनिश्चिततातर्फ धकेलियो : उपेन्द्र यादव 
फाइल तस्बिर

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिको कोर्स करेक्सन नधएर थप गिजोलिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध वैकल्पिक सरकार गठनको पक्षमा रहेका नेता यादवले पुनः ओली नै प्रधानमन्त्री बनेपछि मुलुकको राजनीति थप अनिश्चिततातर्फ धकेलिएको बताए ।

शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोभिड–१९ विरुद्धको खोप लगाएर बाहिरिदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले आफुहरू मुलुकलाई सही बाटोमा हिडाउन र मुलुकको राजनीति मुलुकका पार्टीहरूको हातभन्दा बाहिर नजाओस् भन्ने प्रयासमा रहेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्रीका अभिव्यक्तिहरू संसदलाई भंग गरेर मुलुकलाई अनिश्चिता र अन्यौलतातर्फ लैजाने खालका भएको उनको दाबी छ ।

“राजनीतिको कोर्स करेक्सन भएन । गिजोलियो । गिजोलिदै जाँदाखेरी अझै नेपालको राजनीतिक दिशाहीनता, अनिश्चितता र अन्यौलतातर्फ धकेलिएको छ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र माथि ग्रहण लाग्ने र धराममा पर्ने कार्य हुँदै गएको छ । त्यसैले आउने दिनहरूमा लोकतन्त्र धरापमा पर्ने र आउँदो पुस्ताले फेरि संघर्ष गर्नुपर्ने हो कि भन्ने आशंकाहरू उत्पन्न भएको छ । ”
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्