site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निषेधाज्ञालाई मध्यनजर गर्दै ब्रोकर नम्बर ५७ ले सेयर बेचेकै दिन भुक्तानी दिने

काठमाडौं । ब्रोकर नम्बर ५७ आर्यतार इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजले निषेधाज्ञाले समस्या भएर दैनिक घरखर्च चलाउन अथवा औषधिउपचारको सेयर बचेको भए तत्काल रकम भुक्तानी गर्ने भएको छ ।

कम्पनीले आज एक सुचना प्रकाशित गर्दै कोभिड १९ महामारीको संक्रमण भएको अवस्थमा अत्यवश्यक परेर सेयर बेच्नेको लागि तत्काल भुक्तानी गर्ने भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लगानीकर्ताको अनुरोधमा आवश्यकता अनुसारको रकम तत्काल भुक्तानी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

यसअघि ब्रोकर नम्बर ३५ ले पनि कोभिडका कारण कसैलाई आर्थिक समस्या परेर सेयर बेचेको भए २ लाख सम्मको भुक्तानी सेयर बेचेकै दिन गर्ने निर्णय गरेको थियाे ।

सेयर कारोबार भएको दिनमा २ दिनपछि सेटलेम्ट भएर त्यसपछि तेस्रो दिनमा मात्तै पैसा आउने गर्दछ । सेयर बेचेको दिनसहित कम्पनीमा पनि चार दिन लाग्दछ । तर ब्रोकर नंम्बर ३५ र ५७ ले भने सेयर बेचेकै दिन भुक्तानी दिने निर्णय गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १६:५३
प्रतिक्रिया दिनुहोस्