site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओलीको शपथ शुक्रबार दिउँसो २ बजे
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ शुक्रबार हुने भएको छ । शपथ हुने राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले बाह्रखरीलाई जानकारी दिए । 

बिहीबार एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको ठूलो दलको हैसियतमा पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । उनी संविधाको धारा ७६ (३) अनुसार नियुक्त भएका हुन् ।

विपक्षी गठबन्धनले धारा ७६ (२) अनुसार बहुमतको दाबी नगरेपछि उनलाई नियुक्त गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  २२:४४
प्रतिक्रिया दिनुहोस्