site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गठबन्धन सरकारको समयसीमा सकियो, ओली पुनः प्रधानमन्त्री बन्दै
फाइल तस्बिर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसारको गठबन्धन सरकारका लागि आह्वान गरेको समयसीमा समाप्त भएको छ । राष्ट्रपतिले बिहीबार राति ९ बजेसम्मको लागि समय दिएकी थिइन् ।

यो समयभित्र गठबन्धनले सरकारको दाबी गर्न नआएकाले उपधारा ३ अनुसार ठूलो दलको नेतालाई आजै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने स्रोतले जानकारी दियो । संविधानतः एमाले ठूलो दल रहेकाले केपी ओली आजै प्रधानमन्त्री नियुक्त हुने स्रोत बताउँछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“गठबन्धनका तर्फबाट सरकारको दाबी भएन । अब उपधारा ३ अन्तर्गत ठूलो दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुहुनेछ,” स्रोतले भन्यो ।

राष्ट्रपतिले ओलीलाई आजै प्रधानमन्त्री नियुक्त गरे पनि शपथ ग्रहण भने भोलिमात्रै हुने स्रोतले जानकारी दिएको छ ।

एमालेभित्रको विग्रह मिल्ने दिशातिर गएपछि प्रमुख प्रतिपक्षी र माओवादी केन्द्रले गठबन्धन सरकार बन्ने सम्भावना नरहेको निष्कर्ष निकालेका थिए । जनता समाजवादी पार्टी विभाजित एमाले विवाद समाधानउन्मुख भएपछि ओली पुनः प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।

यद्यपि उपधारा (३) अन्तर्गत बनेको सरकारले ३० दिनभित्र विश्वासको मत भने लिनुपर्नेछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  २१:०७
प्रतिक्रिया दिनुहोस्