site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली र नेपाल मिलेपछि गठबन्धन सरकार गठनको प्रक्रिया ‘तुहियो’
Sarbottam CementSarbottam Cement

काठमाडौं । संविधानको धारा ७६ को उपधारा २ बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया तुहिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास गरिएको भएपनि अन्तिम समयमा आएर नेकपा एमालेको नेपाल खनाल पक्षले असहयोग गरेपछि सो प्रक्रियाबीच बाटोमा नै रोकिएको हो । 

साथै जसपाको महन्थ ठाकुर समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै समर्थन गर्ने भएपछि संयुक्त सरकार गठन प्रक्रिया विफल भएको हो । बिहीबार स्थायी समिति बैठकपछि माओवादी केन्द्रले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यादवसँगको भेटपछि माओवादी केन्द्रले तीन पार्टी मिलेर बनाउने तयारी गरिएको सरकार गठन प्रक्रियाबाट पछि हटेको हो । वर्तमान सरकारलाई असहयोग गरेको नेपाल–खनाल पक्षले फेरि प्रधानमन्त्री केपी ओलीसँग नै एकताबद्ध भएर अगाडि बढ्ने नीति लिएपछि आफुहरूले सरकार गठनको प्रस्ताव लैजाने कुरालाई स्थगन गरेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । 

“नेकपा एमाले भित्रको माधव नेपाल झलनाथ पक्षले सहयोगी भूमिका प्रर्दशन नगर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीसँग नै एकताबद्ध  भएर अगाडि बढ्ने नीति लिएको देखिएको कारणले हामीले अहिले ७६ (२) अन्तर्गतको सरकार बनाउन राष्ट्रपतिकहाँ अनुरोध गर्न जाने प्रक्रियालाई स्थगित गरेका छौँ । अथवा नजाने भएका छौँ । अहिले ७६ (२) अन्र्तगतको यो तीन पक्ष मिलेर बन्ने सरकार नबन्ने भयो, ” उनले भने ।

Global Ime bank

संयुक्त सरकार गठनका लागि दिईएको अन्तिम समयसीमाको दिन आज नै नेकपा एमालेको स्थायी समिति बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल लगायत ४ नेतामाथि गरेको कारबाही फिर्ता लिएको थियो । लगत्तै प्रधानमन्त्री एवंम् पार्टी अध्यक्ष ओली र नेता नेपालबीच भएको भेटघाटमा पार्टीभित्रको अन्तरविरोध समाधानका लागि कार्यदल गठन गर्ने र विवादित विषयलाई छलफल गरी समाधान गर्ने सहमति भएपछि नेपाल–खनाल पक्षका सांसदले दिने भनिएका राजीनामा टरेको थियो । 

ओली र नेपाल समूह मिलेर जान तयार भएपछि संयुक्त सरकार गठन विफल भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  २०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC