site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
माओवादी केन्द्रकाे निष्कर्ष– बहुमतको सरकारका लागि दाबी नगर्ने 
फाइल तस्बिर : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा माओवादी केन्द्रले बहुमतको सरकारको दाबी नगर्ने निष्कर्ष निकालेको छ । बिहीबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संविधानको धारा ७६ (२) अनुसार दाबी गर्नका लागि बहुमत नपुग्ने भएकाले दाबी नगर्ने निष्कर्ष निकालेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । 

“हामी एमाले नेता माधव कुमार नेपाल पक्षकाे निर्णय कुरेका थियौँ । उहाँहरूको निर्णयले हाम्रो निर्णय प्रभावित भयो अब बहुमतको सरकार दाबी गदैनौँ," उनले भने । 

Agni Group

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ गएका थिए । त्यस भेटमा माधव समूहले राजीनामा नदिए बहुमतको सरकारको दाबी नगर्ने समझदारी भएको साहले बताए । 

एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार भएको भेटपछि आफूहरुको राजीनामा टरेको बताएका थिए । बहुमत सरकार गठनका लागि दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ ।

Global Ime bank

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल नेपाल समूहको निर्णय आएपछि आफूहरुले निर्णय गर्ने बताएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC