राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बूढानीलकण्ठ पुगेका छन् । उनी केहीबेर अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेटन् उनको निवासमा पुगेका हुन् । भेटमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागि रहेको स्रोतले जानकारी दियो ।
बहुमतको सरकार बनाउन आह्वान भएको तीन दिनको समय आज राति सकिँदैछ । त्यसै विषयमा दुई नेताबीच छलफल भइरहेको बताइएको छ । नेताहरुले भेटवार्ता तीव्र पारेका छन् । बिहानमात्रै देउवा निवासमा जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो पुगेका थिए । त्यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बूढानीलकण्ठस्थित एक व्यपारीको घरमा वार्ता भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८ १५:०२
प्रतिक्रिया दिनुहोस्