site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हात्तीगौँडामा प्रधानमन्त्री ओली–नेपाल भेटवार्ता जारी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच हात्तीगौडास्थित एक व्यवसायीको घरमा जारी छ ।

प्रधानमन्त्री केहीबेरअघि त्यहाँ पुगेका हुन् । उनी पुग्नुअघि नै नेता नेपाल संवादका लागि हात्तीगौडा पुगेको सुरक्षा स्रोतले जानकारी दियो ।

आजै बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपालसहतिका चार नेतालाई गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । बैठकले नेताहरु नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको कारबाही फिर्ताको निर्णय गरेको थियो । त्यसलगत्तै नेताहरुबीच छलफलको वातावरण बनेको बताइएको छ ।
 
माधव समूह जेठ २ गतेको पाटी संरचनामा फर्कनुपर्ने अडानमा छ । त्यस्तै फागुन २८ गतेपछि भएको निर्णय खारेज गर्नुपर्ने माग छ । आजको भेटमा ती माग सम्बोधन नभए सांसदहरुले राजीनामा दिने स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १४:१७
प्रतिक्रिया दिनुहोस्