राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच हात्तीगौडास्थित एक व्यवसायीको घरमा जारी छ ।
प्रधानमन्त्री केहीबेरअघि त्यहाँ पुगेका हुन् । उनी पुग्नुअघि नै नेता नेपाल संवादका लागि हात्तीगौडा पुगेको सुरक्षा स्रोतले जानकारी दियो ।
आजै बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपालसहतिका चार नेतालाई गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । बैठकले नेताहरु नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको कारबाही फिर्ताको निर्णय गरेको थियो । त्यसलगत्तै नेताहरुबीच छलफलको वातावरण बनेको बताइएको छ ।
सच्याइएको*
यसअघिको समाचारमा नेपाललाइ हुनुपर्नेमा देउवालाइ भएकोमा सच्याइएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८ १३:५८
प्रतिक्रिया दिनुहोस्