बाह्रखरी
भर्खरै
Ncell inner sticky
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कमजोर ऐन र कार्यान्वयनमा द्वन्द्व इनिसा श्रेष्ठ
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, वैशाख ३०, २०७८
Laxmi Bank
Laxmi Bank

“चुरोट, बिँडी, तमाखु जल्दै गरेको या सुर्तीजन्य पदार्थ गुड्का र खैनी चपाइरहेको गन्ध मन पर्छ ?” भनेर कसैलाई सोधियो भने प्रायः सबैले मन पर्दैन भन्छन् । यस्ता पदार्थको सेवन व्यापक भए पनि धेरैलाई मन पर्दैन भन्ने उत्तर सही पनि हो । तर, क्यान्सरले नसमातेसम्म मानिसहरु जथाभावी चुरोट तान्न छाड्दैनन् र आफ्ना वरपर रहेकाको खासै चासो पनि दिँदैनन् । “धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ“ भन्ने पनि सबै स्वीकार गर्छन् । तर सबैले स्वीकार गर्दैमा कुनै व्यक्तिलाई निकोटिनको लत छुटाउन सकिन्छ र ?

चुरोटको बट्टाबाहिर अथवा प्रचार सामग्रीमा यो “स्वास्थ्यका लागि हानिकारक छ“ भन्ने सन्देश लेखिएको देखन्छि । स्कूल जाने बालबालिकादेखि अधिकांश वयस्क चुरोटदेखि नबाली सिधै खान मिल्ने आधुनिक इलेक्ट्रोनिक चुरोट अथात् भेपसम्मको सेवनले  स्वास्थ्यमा हुने नकरात्मक असरको बारेमा सचेत छन् । स्वास्थ्यमा पर्न सक्ने जोखिमको बारेमा थाहा पाउँदापाउँदै पनि हामी क्यान्सर हुनसक्ने खतरनाक रसायन र निकोटिनको दुव्र्यसनको कालो छायाबाट उम्किन सकेका छैनौ । 

वि.स.२०६८–६९ सालमा लिइएको स्टेपस् सर्वेक्षणअनुसार व्यापक सुर्तीजन्य पदार्थ सेवन गर्नेको अनुपात ३०.८ प्रतिशत थियो र त्यसमा हालसम्म पनि खासै परिवर्तन भएको पाइँदैन । स्टेपस् सर्वेक्षण, २०१९ अनुसार सुर्तीजन्य पदार्थ सेवन गर्नेको व्यापकता २८.९ प्रतिशत रहेको देखिन्छ । 

Duber nepal

Agani Group

हुनत, बढ्दो जनचेतनाको स्तरसँगै धूम्रपान गर्ने प्रवृत्ति घट्दै गएको छ तर गरिब र श्रमिक समूहका व्यक्ति धुवाँरहित सुर्तीजन्य पदार्थको दुव्र्यसनबाट ग्रसित भइरहेका छन् । विशेषगरी तराई क्षेत्रका बासिन्दामा धुवाँरहित (चपाउने) सुर्र्तीजन्य पदार्थको लत चिन्ताजनक तवरले बढिरहेको छ । वर्षौंदेखिको अनुसन्धानले लामो समयसम्म सुर्तीजन्य पदार्थको प्रयोग र घातक रोगबीच निकै गहिरो सम्बन्ध रहेको पुष्टि गरेको छ ।  

श्वासनलीसम्बन्धी घातक रोग, फोक्सो, कलेजो, मुख इत्यादिमा हुने क्यान्सर र श्वासप्रश्वासको समस्या (दम) साथै अन्य घातक रोग यसैका उदाहरण हुन् । यसबाहेक, दीर्घकालीन सुर्तीजन्य पदार्थ सेवन र दुव्र्यसनले माथि उल्लेखित रोग उत्पन्न गरी मृत्यु दरमै ठूलो प्रभाव पार्छ । लामो समयदेखि सेवन गर्दै आएका व्यक्तिको बिग्रेको फोक्सोको कमजोरपनको कारणले त्यस्ता व्यक्तिमा हाल विश्वव्यापी महाव्याधि कोभिड–१९ को महामारीको जोखिम झन् धेरै हुन्छ । 

धूम्रपान सेवनको जोखिम तब झन् बढ्छ जब तपार्इँको नजिकका प्रियजन सुर्तीजन्य पदार्थ सेवनप्रतिको गलत विश्वासबाट भाग्न वा पन्छिन सक्दैनन् । नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी ऐन, निति, नियम भए पनि (गणनाको आधारमा सुर्तीजन्य एटलास रिर्पोट, २०१८ का अनुसार) उल्लेखनीय मृत्यदर संख्या र २०२० मा मात्र भएको ३९.२५ अर्बाैंको आर्थिक नोक्सानीको कारकतत्त्व सुर्तीजन्य रोगबाट उत्पन्ने जटिलताहो भन्न सकिन्छ ।

अझै पनि देशैभर सार्वजनिक स्थलमै धूम्र्रपान गर्ने प्रवृत्ति व्यापक नै छ । प्रचलित कानुनको कार्यान्वयन कमजोर भएका कारण प्रतिबन्धित क्षेत्रमा खुलेआम धूम्रपान सेवन गर्ने व्यक्तिबाट अप्रत्यक्षरुपमा सेवन नगर्नेलाई पनि असर परिहेको छ । नेपालले अस्पताल, शैक्षिक संस्था, बस स्टपजस्ता सार्वजनिक र संवेदनशील  स्थानमा सुर्तीजन्य पदार्थ सेवन निषेध गर्न कानुनी प्रयास गरे पनि विशेष क्षेत्रमा खासै सोचेको जसरी भएको देखिंदैनन । 

नेपालमा सुर्तीजन्य पदार्थ सेवनको सामाजिक, आर्थिक र नीतिगत पक्षमा भएको राष्ट्रिय सर्वेक्षणअनुसार जम्मा ३.५१ प्रतिशत व्यक्तिले  मात्र नेपालमा धूम्रपान मुक्त नीति प्रभावकारीरुपमा लागू भएको विश्वास गर्छन् ।

अझै पनि सार्वजनिक स्थान वा अस्पतालजस्ता संवेदनशील स्थानमा समेत धूम्रपान र सुर्तीजन्य पदार्थको सेवन भएको देखिन्छ ।

सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ मा उल्लेख भएअनुसार सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन रोक लगाइएको भए पनि अटेर गरी पटक पटक सेवन गरेमा निजलाई यस्तो सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रुपैयाँ जरिवाना वा दुवै सजायको व्यवस्था छ । 

सरकारी कार्यालय, अस्पताल, बस पार्कका भित्तामा सुर्तीजन्य पदार्थ चपाएर थुकेका दाग देखेर पनि नदेखे झैँ गर्छाैं । यो प्रवृत्ति विशेष गरेर तराई क्षेत्रमा व्यापक देखिन्छ । धूम्रपान र यसका नमीठा गन्धबाट टाढा हुने जति कोसिस गरे पनि नजिकका धूम्रपान गर्ने व्यक्ति र तिनको आसपासको वातावरणबाट उत्पन्न हुने स्वास्थ्य जोखिमबाट उम्किने उपाय खासै छैनन् । आफूले धूम्रपान नगरे पनि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा धूम्रपान गर्ने व्यक्तिको आसपासमा धेरै बेर बस्नाले ती धुवाँ गर्भवती महिला र कोखमा रहेका बच्चा दुवैका लागि झन् हानिकारक हुन्छ । 

सुर्तीजन्य पदार्थको दुव्यर्सनको लतमा परेका युवाको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । त्यसमाथि धूम्रपान र धुवाँरहित सुर्तीका प्याकेट नेपालमा सजिलैसँग पाउन वा किन्न सकिन्छ । आश्चर्यको कुरा त के छ भने यो हामीले स्थानीय किराना पसल/बजारमा दूधका प्याकेट किने जसरी सजिलै र सहजै किन्न पाउछौँ ।

एनसेप्ट सर्वेक्षणमा गुणस्तरीय सूचना लिने क्रममा दुईतिहाइभन्दा बढी अधिकांश सहभागी (उत्तरदाता) बालबालिका, युवा र गर्भवतीले सुर्तीजन्य पदार्थ खरिदविक्री गर्ने गरेको पाइएको थियो । यस विषयलाई २०६८ को सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनले पनि स्पष्टरुपमा बताउँछ । त्यसअन्तर्गत परिच्छेद–३ सूर्तिजन्य पदार्थको उत्पादन तथा विक्री वितरणको खण्ड ११ विक्री वितरण तथा प्रदर्शनमा बन्देजमा उल्लेख भए अनुरुप :– 

(३) ‘‘कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तीजन्य पदार्थ विक्री वितरण गर्न गराउन पाउनेछैन“ लेखिएको छ ।

साथै उक्त ऐनले विक्री, वितरण र ऐनको कार्यान्वयनसमेत निगरानी, अनुगमन गर्न निरीक्षकको व्यवस्था पनि गरेको छ । 

ऐनको फितलो कार्यान्वयन र युवावर्गमा जथाभावी सुर्तीजन्य पदार्थको सेवन अझै पनि नेपालको सहरी र ग्रामीण क्षेत्रमा एउटा मुख्य स्वास्थ्य समस्याका रुपमा रहेको छ । यसका साथै गाँजा, रक्सी र लागूपदार्थ भन्दा पनि सुर्तीजन्य पदार्थको दुव्यर्सन बढी रहेको पाइएको छ ।

निकोटिनको स्वास्थ्यगत सबै खतरा र जोखिम थाहा भए पनि यसले कसैलाई धूम्रपानका लागि रोक्न सक्दैन । एनसेप्ट सर्वेक्षणअनुसार नेपालमा सुर्तीजन्य पदार्थ उत्पादनलाई निरुत्साहित गर्न या अन्त्य गर्न उचित मार्गदर्शन, सेवा र सुविधा भएको भए, २६ प्रतिशत धूम्रपान सेवन गर्नेले धूम्रपान त्याग गर्न गरेको कोसिस सफल हुने थियो । उचित जानकारी र सहयोगको व्यवस्था भइदिएको भए थप १७.७ प्रतिशत व्यक्ति धूम्रपान त्याग गर्न इच्छुक हुने थिए ।

राष्ट्रिय औषधि नियन्त्रण तथा रोकावट निर्देशिकामात्र राम्रोसँग बनेर कार्यान्वयन भएको भए नेपालमा परिवर्तनले फड्को मारिसकेको हुने थियो । यसबाहेक सन् २०१७ देखि नेपाल सरकारले नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्य योजना (सन् २०१७–२०२०) निर्माण गरेको थियो । यसको कार्यान्वयनका अन्य पक्षलाई समावेश गरी नेपाल सरकारले सुदृढ गर्दै जान सकेको भए सन् २०२० सम्म सुर्तीजन्य पदार्थ सेवनको व्यापकतामा कमी ल्याई उपलब्धि हासिल गर्नसक्ने थियो ।

नेपालमा सुर्तीजन्य पदार्थ सेवनको जोखिमविरुद्ध सक्रिय भएर अगाडि बढ्ने अब समय आइसकेको छ । सुर्तीजन्य पदार्थ सेवनको नियन्त्रण र रोकथामका लागि ऐन नियमको प्रभावकारी कार्यान्वयन भएनभएको अनुगमन गर्न दक्षता र पूर्वधारको अभाव आदि विषयले बाधा पु¥याइरहेको छ । अर्कोतर्फ, नेपालीमा कानुन पालना र व्यवहार परिवर्तन एउटा मुख्य चुनौतीको विषय हो । 

जनमानसमा जागरुकता र जनचेतना बढाउँदै व्यक्ति, नागरिक समाज, सरकारी निकाय सबैजना मिलेर नेपालमा सुर्तीजन्य पदार्थको उपभोग घटाउन हातेमालो गर्दै अगाडि बढ्न जरुरी छ । बनेका ऐन, नीति र योजनाको प्रभावकारी दंगबाट कार्यान्वयन गर्न सके तथा सुर्तीजन्य पदार्थ सेवनको बारेका व्यक्तिगत व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सके नेपालमा सुर्तीजन्य पदार्थको उपभोग र सेवन उन्मूलनै गर्न पनि सम्भव देखिन्छ ।

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, वैशाख ३०, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्