site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको स्थायी कमिटी बैठक जारी
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । समसामयिक परिस्थितिबारे छलफल गर्न अहिले बिहान ९ बजे स्थायी कमिटी बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

“स्थायी कमिटीको बैठक ९ बजेबाट सुरु भएको छ,” उनले भने ।

संसद्मा विश्वासको मत गुमाएपछि आह्वान भएको गठबन्धन सरकार निर्माणको समयसीमा आज सकिँदै छ । उता, एमालेका असन्तुष्ट समूह खनाल–नेपाल पक्षले आजै राजीनामा बुझाउने तयारी पनि गरेको छ । यद्यपि, राजीनामा दिने कि नदिने भन्नेमा उनीहरूभित्र मत बाझिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  ०९:०९
प्रतिक्रिया दिनुहोस्