site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दोहोरो अंकले घट्यो नेप्से, मर्जरकाे हल्लापछि साढे ९ प्रतिशतले बढ्यो लक्ष्मी बैंकको सेयर मूल्य
Ghorahi CementGhorahi Cement

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीरबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । बिहीबार बजार परिसूचक १२.४७ अंकले करेक्सन हुँदा २६३७.१३ अंकमा बन्द भएको छ ।

प्रिओपन सेसनमा साढे ८ अंकले बढेर २६५७.२ अंककमा खुलेको बजारमा कोभिडको प्रभाव बढ्दै जाँदा लगानीकर्तामा अन्यौलता देखिएको छ । जसले गर्दा सेयर बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखियो बजारमा सुस्तता छाएको छ । 

‘इन्ट्रा–डे’ कारोबारमा २६५९.०९ अंकसम्म पुगेको नेप्से २६२६.०८ अंकसम्म झरेको थियो । बजार परिसूचकमा करेकसन भएपनि कारोबार रकम भने समान्य बढ्दा करिब ७ अर्बको कारोबार भएको छ ।

Agni Group

बिहीबार नेप्सेमा १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता सेयर किनबेच हुँदा  ६ अर्ब ८१ करोड ९१ हजारको कारोबार भएको छ । 
बिहीबार नेप्सेमा बैंकिङ, वित्त कम्पनी लगानी उपसूचक हरियो हुँदा अन्य सबै उपसूचक घटेको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.४ प्रतिशतले बढेपनि हाइड्रोपावर उपसूचक १.८६ प्रतिशत, व्यापार उपसूचक १.६ प्रतिशत, जीवन बिमा उपसूचक १.३८ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक  १.३४ प्रतिशत र अन्य तथा लघुवित्त उपसूचक पनि १ प्रतिशत माथिले करेक्सन भएको छ । जसले गर्दा बजार परिसूचकमा गिरावट भएको हो ।

बिहीबार कारोबार रकममा जलविद्युत लगानी तथा विकास कम्पनीले लिड गर्दा मर्जरको हल्लाले  लक्ष्मी र एनसीसी बैंक पनि लगानीकर्ताको रोजाइमा परेको छ । जलविद्युत लगानी तथा विकास कम्पनीको सवार्धिक ४६ करोड ७४ लाख ३५ हजारको कराोबार हुँदा नबिल बैंकसँग मर्जरको छलफलमा रहेको एनसीसी बैंकको ४२ करोड ९४ लाख ६० हजार र एभरेष्टसँग मर्जरको हल्लापछि लक्ष्मी बैंकको पनि २६ करोड ४५ लाख २१ हजारको कारोबार भएको छ ।

Global Ime bank

मर्जरको  हल्लाले  गर्दा लक्ष्मी बैंकको सेयर मुल्यमा सकारात्मक सर्किट लागेर १ रुपैयाँले घटेर बन्द भएको छ । बैंकको सेयर मुल्य ९.४९ प्रतिशतले बढेर ३२३ रुपैयाँमा बन्द भएको हो । बैंकको सेयर मुल्य सर्किट लेभलमा ३२४ रुपैयाँमा  पनि कारोबार भएको छ ।

बिहीबार नेप्सेमा एनसीसी बैंकको सवार्धिक ११ लाख कित्ता सेयर कारोबार हुँदा जलविद्युत लगानी तथा विकास कम्पनीको ९ लाख र लक्ष्मी बैंकको ८ लाख भन्दा बढी कित्ता सेयरको कारोबार भएको छ ।  

बजार परिसूचक घटेपनि बिहीबार नेप्सेमा ७ कम्पनीको सेयर मुल्य भनेर बढेर सर्किट लभेलमा बन्द भएको छ । सेयर मुल्यमा सर्किट लाग्नेमा जनउत्थान सामुदायिक लघुवित्त, खानिखोला हाइड्रोपावर, महिला लघुवित्त, समता  घरेलु लघुवित्त, रुरु जलविद्युत कम्पनी, युनियन हाइड्रपावर र जोशी हाइड्रोपावर रहेका छन्।

यता विशाल बजार कम्पनीको सेयर मुल्यमा नकारात्मक सर्किट लाग्दा सिंगटी हाइड्रोपावरको सेयर मुल्य ९.०७ प्रतिशत र ङ्यादी ग्रुप पावर कम्पनीको सेयर मुल्य ८.५७ प्रतिशतले घटेको छ ।

बिहीबार कारोबारमा आएका ४५ कम्पनीको सेयर मुल्य बढ्दा १३० कम्पनीको घटेको छ भने  ९ कम्पनीको सेयर मुल्य स्थिर रह्यो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC