site stats
बाह्रखरी :: Baahrakhari
देश
मादी नदीमा डुबेर युवकको मृत्यु
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तनहुँ । मादी नदीमा पौडी खेल्ने क्रममा मंगलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीका अनुसार व्यास–७, दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजीकार्य थालेकामा अपराह्न ५ बजे मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । रासस

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ०९:०५
प्रतिक्रिया दिनुहोस्