site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘माई सेकेन्ड टिचर’ ले महसुस गर्ने गरी ५ वर्षमा शिक्षा क्षेत्रमा परिवर्तन ल्याउँछ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । ‘माई सेकेन्ड टिचर’ भर्चुअल माध्यमबाट पाठ्यक्रममा आधारित भिडियोमार्फत बढाउने प्रणाली हो । वैशाख १ गतेदेखि यसले एसईईको तयारीमा रहेका विद्यार्थीलाई करिब ३४० वटा भिडियो बनाएर सोहीमार्फत प्रयोगात्मक ज्ञान दिदै आएको छ । केही वर्षमै कक्षा १ देखि १२ सम्मका पाठ्यक्रममा आधारित भिडियो बनाउने योजना कम्पनीको छ । 

तीन वर्ष अगाडिदेखि नै विश्वका १८ वटा मुलुकमा क्याम्ब्रिजको पाठ्यक्रममा आधारित भिडियो सामग्री बनाएको ‘माई सेकेन्ड टिचर’ का को–फाउन्डर सुलभ बुढाथोकी यो प्रणालीले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताउँछन् । ‘माई सेकेन्ड टिचर’ को अवधारणा के हो ? नेपालको ग्रामिण क्षेत्रका विद्यार्थीको पहुँचमा हुन्छ वा हुँदैन ? यिनै विषयमा केन्द्रित रहेर आइएनजी ग्रुपका अध्यक्षसमेत रहेको बुढाथोकीसँग बाह्रखरीका हिमाल पौडेलले गरेको कुराकानी । (भिडियोसहित)

कोभिडका कारण हरेक क्षेत्र प्रभावित भइरहेको सन्दर्भमा भर्चुअल माध्यमबाट शिक्षाको क्षेत्रमा काम गरिरहनुभएको छ । आजका दिनसम्म आउँदा यसलाई कसरी हेर्नुभएको छ ?

Agni Group

‘माई सेकेन्ड टिचर’ भर्चुअल वातावरण बनाएर यसको माध्यमबाट अगाडि बढिरहेका छौँ । वास्तवमा यो कोडिभजस्ता महामारी आउँछ भन्ने सोचेर सुरु गरिएको होइन ।

Global Ime bank

शिक्षा क्षेत्रका लागि नयाँ बाटो पहिल्याउनै पर्छ भन्ने उद्देश्यले आजभन्दा तीन वर्ष अगाडि सुरु गरिएको थियो । यही बेलामा विडम्बनापूर्वक कोरोना महामारी पनि आयो । त्यसले यसको आवश्यकता अझ बढी छ जस्तो लाग्छ । कोभिडले साथ दिएको भन्न त नमिल्ला तर यो गाह्रो समयमा पनि शिक्षा क्षेत्रलाई केही राहत दिन सकिन्छ भन्नेमा उत्सुक भएका छौँ । 

विद्यालयपछि घरलाई सेकेन्ड टिचर मान्थ्यौं । अहिले भर्चुअल माध्यमलाई सेकेन्ड टिचर भन्नुपर्ने अवस्था छ । सेकेन्ड टिचर घरलाई मान्ने की यसलाई ?

यसको नाम नै माई सेकेन्ड टिचर छ । विद्यार्थीले भन्दा उसको पहिलो टिचर कक्षामा पढाउने शिक्षक नै हो । अनि हाम्रो यो जुन भर्चुअल प्लेटफर्म विकास गरेका छौँ ।

त्यो पनि कस्तो लेबलमा विकास गरेका छौँ भन्दा त्यहाँ फस्ट टिचरको राम्रो रोल छ । हामीले विद्यार्थी र शिक्षकहरूलाई सहयोग पुग्ने हिसाबले बनाएका छौँ ।

शिक्षकको लोड कम गर्ने र विद्यार्थीले पनि आफैले पढेर, भिडियो हेर्दाहेर्दै परीक्षा दिएर र तत्काल मेरो कमजोरी के रहेछ ? मैले सुधार गर्नुपर्ने के रहेछ ? साथै राम्रो गरेको रहेछ भने पनि तत्काल प्रतिक्रिया दिने माध्यम बनाएको कारणले यो सेकेन्ड टिचर नै हो । 

हाम्रो उद्देश्य विद्यार्थी र शिक्षकहरूलाई नै ‘अपलिफ्ट’ गर्ने कारणले नै पहिलो टिचर स्कुलको टिचर र दोस्रो टिचर ‘माई सेकेन्ड टिचर’ जुन भर्चुअल २१औँ शताब्दीको स्मार्ट लर्निङ एन्ड टिचिङ प्लेटफर्म भन्छौँ, त्यो कारणले नै ‘माई सेकेन्ड टिचर’ दोस्रो टिचर हो । 

भनेपछि यो प्लेटफर्म विद्यार्थीका लागि नभएर शिक्षकका लागि पनि केन्द्रित छ ?

हामीले विद्यार्थी र शिक्षकका लागि मात्रै नभएर विद्यार्थी, टिचर, अभिभावक र स्कुललाई गरी चार ओटा क्षेत्रलाई समेटेका छौँ । विद्यार्थीहरूले ‘इन्टर्याक्टिभ लर्निङ’को माध्यमबाट हाँसीहाँसी पढ्न सक्ने, परीक्षा लिन सक्ने र विद्यार्थीहरूले तत्काल फिडब्याक पाउने भए ।

शिक्षकहरूलाई यसले कसरी सहयोग गर्छ भन्दा विद्यार्थीहरूको बेसिक पढाइमा शिक्षकहरूले धेरै मेहेनत गर्न पर्दैन । बेसिक पढाइ, अन्डरस्ट्यान्डिङ, कन्सेप्ट बुझ्ने र पढ्नुपर्ने सबै मार्ई सेकेन्ड टिचरबाट पढ्न सक्ने हुनुभयो । जसले गर्दा शिक्षकको वर्क लोड निकै कम हुन्छ । 

यी प्रणालीले शिक्षकहरूलाई विद्यार्थीहरूको रिपोर्ट पनि दिन्छ । कुन विद्यार्थी कुन कुरामा कमजोर छ ? कुन विद्यार्थी राम्रो गर्दैछ ? अझ विद्यार्थीहरूले नबुझेको कुरा के हो त ? यी सबै रिपोर्ट शिक्षकलाई गइसकेपछि हरेक विद्यार्थीको विश्लेषण गर्न सहयोग गर्छ । 

अर्को प्रिन्सिपलले पनि हरेक विद्यार्थी र हरेक शिक्षकको मोनिटरिङ गर्न सक्नुहुन्छ । 
यसैगरी अभिभावकहरूले पनि आफ्ना छोराछोरीको पढाइको स्तर, कहाँ के गरिरहेको छ, बच्चा केमा ‘इन्गेज’ भइरहेको छ ? आफ्नो बच्चा परीक्षामा सहभागी हुँदैछ भने कस्तो खालको नतिजा ल्याउन सक्छ भन्ने थाहा पाउन सक्नुहुनेछ । अर्थात बच्चा कम्प्युटरमा त छ तर पढिरहेको छ पक युट्युब हेरिरहेको छ कि अथवा गेम खेलिरहेको छ ? आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर त्यो तहसम्मको रिपोर्ट अभिभावकले हेर्न सक्नुहुन्छ । कुन विषय आफ्नो बच्चाको लागि सहज छ, कुन विषयमा कमजोर छ भन्ने जानकारी अभिभावकले पनि थाहा पाउनुहुन्छ र सोहीअनुसार अगाडि बढ्न सहयोग मार्ई सेकेन्ड टिचरले गर्छ । 
 
यसरी माई सेकेन्ड टिचर विद्यार्थी, शिक्षक, विद्यालय र अभिभावकसँगै समग्र देशकै लागि बनाएका छौँ । 

भनेपछि यसले बालबालिकाको पढाइको विषयमा शिक्षकलाई मात्रै नभई अभिभावकलाई पनि जानकारी गराउँछ ? त्यसको मोनिटरिङ्ग अभिभावकले पनि गर्न सक्छन्, हो ?

शिक्षक, विद्यालय, अभिभावकसँगै विद्यार्थी आफैले पनि आफ्नो पढाइको विश्लेषण गर्न सक्छ । त्यस्तै कक्षामा पढाउने शिक्षकले हरेक बच्चाहरूले के गरिरहेका छन् भन्नेसहित एक–एक विद्यार्थीको रिपोर्टसँगै समरी रिपोर्ट पनि हेर्न सक्नुहुन्छ । त्यसैगरी विद्यालयका प्रिन्सिपलले समग्र विद्यार्थीसहित एक–एक विद्यार्थीको रिपोर्टसहित शिक्षकहरूको रिपोर्ट पनि हेर्न सक्नुहुन्छ  । यस्तै अभिभावकले पनि आफ्ना छोराछोरीको रिर्पोट हेर्न सक्नुहुन्छ । 

भर्चुअल लर्निङको योजना कसरी अगाडि आयो र कहिलेदेखि अब नेपालमा पनि यो प्रणाली सञ्चालन गर्नुपर्छ भन्ने सोच्नुभयो ? 

नेपालमा ‘लेटेस्ट टेक्नोलोजी’ आउँदैन, प्रयोग गरिदैन भन्ने एउटा गलत बुझाइ छ । जहाँसम्म मलाई लाग्छ भारतमाभन्दा पहिले नेपालमा इन्टरनेट आएको हो । हाम्रो त्यो इतिहास हुँदाहुँदै पनि नेपालमा नयाँ प्रविधि आउँछ र ? माई सेकेन्ड टिचर पनि अलि चाडो भएन र ? भन्ने यदाकदा सुनिन्छ । जे सुकै भएपनि माई सेकेन्ड टिचर अगाडि बढिसकेको छ । 

माई सेकेन्ड टिचरको विषयमा कुरा गर्नुपर्दा क्याम्ब्रिजका तीन जना शिक्षकहरूले क्याम्ब्रिजको पाठ्यक्रम क्याम्ब्रिजका स्कुलहरूका लागि डिजाइन बनाउनुभयो ।

ती तीनै जना नेपाललाई असाध्यै माया गर्ने र त्योमध्ये पनि एक जना मेरा मिल्ने साथी हुनुहुन्छ । उहाँहरूले त्यसको डिजाइन गरिरहँदा मैले के देखे भने त्यसका लागि उहाँहरूलाई डेभलपमेन्ट र अपरेसन चाहिन्छ । मैले उहाँहरूलाई प्रस्ताव गरे कि यसको डेभलमपेन्ट जति पनि बनाउन लाग्छ, कन्टेन्ट होस् कि सिस्टमको होस् कि प्लेटफर्मको होस्, ती सबै नेपालमा डेभ्लप गरिदिन्छौँ भनेँ ।

किनभने हामीसँग सूचना प्रविधि कलेजहरू छन् । त्यो आत्मविश्वासले हामीले यसको डेभलपमेन्ट र अपरेसन नेपालमा गर्न दिन प्रस्ताव गरेँ । हामीले नेपालको शिक्षा क्षेत्रमा पाँच वटा कलेजमा काम गरेको अनुभवका आधारलाई मूल्यांकन गर्नुभयो र हामीलाई यसको विकास र अपरेसन गर्न दिन तयार हुनुभयो । 

हामीले यसको डेभलप गरिदिएवापत उहाँहरूसँग दुई वटा सर्त राख्यौँ । पहिलो, यो सिस्टम नेपालमा सञ्चालन गर्न पाउनुपर्ने, रोयल्टी सकेसम्म नतिर्ने र तिर्नैपरे निकै कम तिर्ने । अर्को जतिपनि यसको अपरेसन छ । भोलि सय ओटा देशमा चल्ला । लाखौँ विद्यार्थीहरू होलान् ।

ती विद्यार्थीहरूलाई पढाउने भिडियो सामग्रीदेखि लिएर सर्पोट गर्ने, प्लेटफर्म बनाउने । यी सबै नेपालमा हुनुपर्छ भन्ने सर्त राख्यौँ । त्यो किनभन्दा रोजगारी सिर्जना गर्न । हाम्रो उद्देश्य पनि सन् २०२४ भित्र कमसेकम ५ हजारलाई रोजगारी दिन्छौँ भन्ने हो । त्यसैअनुसार काम गरिरहेका छौँ । यी दुई सर्त राखेर उनीहरूसँग कुरा गर्‍यौँ । 

म यो सिस्टम बनाउन र अप्रेसन गर्नका लागि लाग्नुको कारण हामी कही न कही शिक्षाको क्षेत्रमा पछि परेका छौँ भन्ने मलाई लाग्यो । किनभने मेरो २० वर्षको यो अनुभवले देखेको हो ।

हाम्रो पढाउने तरिका भनेको कन्टेन्ट दिमागमा राखिदिने र परीक्षामा त्यही कन्टेन्ट निकाल्ने हो । अर्को पढाउने सामग्री, विकसित मुलुकको पाठ्यक्रम र हाम्रो पाठ्यक्रम हेरौँ त कति फरक छ । तेस्रो, शिक्षक । हामीले शिक्षकलाई दोष दिन्छौँ तर शिक्षकलाई कसले सहयोग गरेको छ ? तारे होटेलमा सेमिनार गरेर क्षिककको गुणस्तर बढ्ने त छैन ।

यी तीन ओटै क्षेत्रमा सुधारका लागि प्रविधिको प्रयोग नगरेसम्म हुँदैन भन्ने लाग्यो । विश्वका विद्यालयका लागि क्याम्ब्रिजले बनाएको प्रणाली नेपालमा लागु गर्न सक्यौँ भने हाम्रो शिक्षा क्षेत्रमा निकै योगदान गर्न सक्छौँ भनेर यसमा लागेका हौँ ।

नेपालको शिक्षा क्षेत्रमा योगदान गर्ने अरू उपाय नदेखेपछि क्याम्ब्रिजको त्यो प्रणाली माई सेकेन्ड टिचर नेपाल ल्याउनुको प्रमुख कारण हो । नेपालको शिक्षा क्षेत्रलाई एक तह भएपनि माथि उठाऔँ, यसमा योगदान गरौँ भन्ने हिसाबले माई सेकेन्ड टिचर ल्याएका छौँ । 

तपाईंले समयमा किताब नपुगेको कुरा गर्नुभयो । त्यो सही हो । तर, भर्चुअल माध्यमको कुरा गर्दा विद्युत र इन्टरनेट पुग्नुपर्छ । अझै पनि नेपालका धेरै ग्रामिण भेगमा इन्टरनेट छैन । त्यहाँ कसरी योगदान गर्न सक्छौँ ?

माई सेकेन्ड टिचरले अन्तरक्रियात्मक भिडियोको माध्यमबाट पढाउँछ । यसबाट पढ्दा विद्यार्थीलाई सिनेमा हेरेको अनुभव हुन्छ । यसमा फिल्म हेरेको जस्तै शिक्षक र विद्यार्थीबीच संवाद छ । यसमा जोक छ । विद्यार्थीले शिक्षकलाई जोक गर्छ, शिक्षकले विद्यार्थीलाई जोक गर्छ ।

यसमा हाँसीहाँसी विद्यार्थीले पढ्ने भए । त्यसरी पढ्नका लागि भिडियोमा कन्टेक्स बनाइन्छ । कुनै कन्टेन्ट पढ्नुभन्दा अगाडि त्यो कन्टेन्ट किन पढ्दैछौँ ? त्यो परिवेश बनाइन्छ । त्यसपछि कन्टेन्ट पढाउँछौँ । त्यो पढेको कुरा कही न कही त लागु हुनुपर्‍यो नि । हामीले जे सुकै पढौँ, त्यो कुरा कही न कहील लागु हून्छ । हामीले त्यो पढेको कुरा कहाँ लागु हुन्छ भनेर पनि सिकाएका छौँ । हाम्रा भिडियोले पढेको कुरालाई त्यहाँ लागु हुन्छ भनेर पनि देखाएका छौँ । 

अर्को पाठ्यपुस्तक नपुगेको ठाउँमा यो भिडियो पुर्‍याउन सजिलो छ । सरकारसँग हाम्रो एउटै चाहना भनेको– इन्टरनेट र बत्ती पुर्‍याइदेओस् । सरकारलाई आर्थिक रूपमा भार नपर्ने गरी हामी गाउँको स्कुलमा लैजान्छौँ । इन्टरनेट र बत्ती पुर्‍याउन हाम्रो क्षमताले पुग्दैन । यो विषयमा स्थानीय तह, केन्द्रीय तहमा पनि कुरा भएको छ । उहाँहरू उत्साहित हुनुहुन्छ । किताब नपुगेपनि पढाउनुपर्ने विषयवस्तु घोकाएर होइन बुझाएर पढाउने काम हाम्रो प्रणालीले गर्छ । 

हामीले सिंगापुरको सरकारी स्कुलसँग सहकार्य गरिसकेको छौँ । नेपालका शिक्षकहरूलाई तालिम कार्यक्रम ल्याउँदैछौँ । सिंगापुर सरकारसँगै मिलेर यो तालिम कार्यक्रम ल्याउन लागेका छौँ । त्यसमा सरकारीसहित निजी स्कुलका शिक्षकहरूलाई सहभागी गराउँछौँ । यी तीन ओटै कुरालाई समग्रमा समेट्ने गरी माई सेकेन्ड टिचर एउटा एप मात्रै नभई समग्र समाधानको रूपमा यसलाई अगाडि बढाएका छौँ ।

इन्टरनेट र विद्युतको पहुँच नपुगेका ठाउँमा पनि यसलाई लैजान सक्ने र पढाउन सक्ने अर्को कुनै माध्यम छ ?
पक्कै छ । हाम्रो इनोभेट टेक र सिंगापुरको एसर कम्पनी मिलेर इन्टरनेट नभए पनि र विद्युत छैन भने पनि सोलारबाट समेत चल्न सक्ने प्रविधिको विकासका लागि अनुसन्धानमा लागेका छौँ । त्यो प्रविधिको करिब ९० प्रतिशत काम सकिसकेको छ । आगामी ६ महिनाभित्रमा त्यो प्रणाली सार्वजनिक गर्छौँ । जहाँ इन्टरनेट छैन भने पनि त्यो डिभाइसको माध्यमबाट विद्यार्थीहरूलाई भर्चुअल माध्यममा पढाउन सकिने वातावरण बनाउँछौँ । 

त्यसको खर्च बढी होला नि ?
पक्कै पनि अलिकति बढी पर्छ । हाम्रो यो भिडियो हेरिसकेपछि स्थानीय तहले विद्यार्थीको भविष्यका लागि लगानी गर्छौँ पनि भन्नुभएको छ । हामीलाई लगानी गर्न पर्दैन । आफ्नो स्कुलको लागि र आफ्ना विद्यार्थीहरूका लागि नै हो, थोरै लगानी गरिदिनुहोस्, त्यो देशकै लागि लगानी हो ।

वैशाख १ गतेदेखि कक्षा १० का विद्यार्थीका लागि भर्चुअल लर्निङ प्लेटफर्म ल्याउनुभएको छ । यो छोटो अवधिमा विद्यार्थी, शिक्षक एवम् सरोकारवालाहरूको कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

हामी आफैँ सुनवल नगरपालिकामा गयौँ । त्यहाँका मेयर, उपमेयर, वडाध्यक्षहरू, प्रिन्सिपल, विद्यालय सञ्चालकहरूलाई राखेर पाँच वटा विद्यालयमा डेमो नै गर्‍यौँ । त्यो भिडियो हेरिसकेपछि विद्यार्थी र शिक्षकहरूमा जुन खालेको सन्तुष्टि थियो त्यो निकै उत्साहजनक थियो ।

यो पाठ्यक्रमबाट प्रश्न आयो भने मलाई आउँदैन, छोड्छु भन्ने मानसिकता लिएका विद्यार्थीले राम्रोसँग बुझेपछि छर्लङ्ग हुनुभयो । त्यस्तै शिक्षकहरूले पनि हामीले त यसरी सोचेकै थिएनौँ, यसले भन्न खोजेको यो पो रहेछ भन्ने भाव देखिन्यो । त्यहाँ सहभागी हुनुभएकाहरूले यो प्रणाली जसरी पनि लागु गर्छौँ भन्नुभएको छ । यही डेमो हेर्दै अछामका एक जना पूर्वमाननीयज्यू यही आइपुग्नुभयो । उहाँले पनि यो सिस्टम जसरी पनि लागु गर्छु, यही सिस्टम हो हाम्रा बच्चाहरूलाई चाहिएको भन्नुभएको छ । 

काठमाडौँमा पनि प्याब्सन, एनप्याब्सनसँग अन्तरक्रिया गर्‍यौँ । उहाँहरूबाट पनि यो सिस्टम प्रयोग गर्नेपर्ने प्रतिक्रिया आएको छ । यो प्रणाली लागु नहुने त म कारण नै देख्दिन ।

अन्तर्राष्ट्रियस्तरका बच्चाहरूका लागि बनाएको प्लेटफर्मलाई नेपाली कन्टेन्ट, नेपाली पाठ्यक्रमलाई नेपाली र अंग्रेजी बोलीचालीको भाषामा पढाएका छौँ । त्यसैले यो प्रभावकारी नहुने त कुरै छैन । त्यसकारण यसप्रति रेस्पोन्स एकदमै राम्रो छ । १२ दिनमा ११ हजार बढी विद्यार्थी हामीसँग जोडिसकेका छन् । यो अपेक्षा गरेको पनि हो । 

यसमा विद्यालय नै जोडिनुपर्छ भन्ने छैन, विद्यार्थी आफै पनि जोडिन सक्छ, ?
विद्यार्थी आफै पनि जोडिन सक्छन् । माई सेकेन्ड टिचरको एप डाउनलोड गरेर जोडिन पनि सक्ने र हाम्रो वेबसाइटबाट पनि जोडिन सक्ने भए भने विद्यालयसँगै जोडिन पनि सकिने भयो. । शिक्षकहरूले व्यक्तिगत रूपमा लिन पनि सक्नुहुनेभयो । सबै प्रस्पेक्टबाट यसमा जोडिन सकिन्छ । 

यसको शुल्क नि ?

हामी सरकारी विद्यालयका लागि कम शुल्कमा चाडै ल्याउँदैछौँ । सरकारी स्कुलका लागि फिचरहरू पनि कम हुन्छन् । अहिले एसइईईको तयारीका लागि १८७० रूपैयाँमा कक्षा १० का ४ ओटा विषयको ३४० वटा भिडियो प्रदान गरेका छौँ । यस्तो प्लेटफर्म भारत, सिंगापुरमा पनि छन् । उनीहरूको तुलनामा १० प्रतिशत भन्दा कम मूल्यमा हामीले उपलब्ध गराएका छौँ । हामीले नाफा गर्नेभन्दा पनि सस्टेन हुने गरी मूल्य राखेका छौँ ।

हुम्लाको एउटा स्कुलले पनि यसलाई किनेर चलाउन सक्छ, आफ्नै स्रोतले । त्यो हिसाबले मूल्य राखेका छौँ । हामीले दुई÷तीन हप्तामा सरकारी स्कुलका लागि प्याकेज ल्याउँछौँ ।

अहिले १० कक्षाका लागि मात्रै सामग्री बनाउनुभएको छ । अरू कक्षाका लागि कहिले सामग्री तयार पार्नुहुन्छ, योजना के छ ?
एउटा वर्षमा कम्तीमा ३ ओटा कक्षाको सामग्री तयार गर्छौँ । आगामी तीनदेखि ४ वर्षसम्ममा कक्षा १ देखि १२ सम्मका पाठ्यसामग्री तयार पारिसक्छौँ ।
 

सरकारी कस्तो सहयोग आवश्यक रहेको महसुस गर्नुभएको छ ? 
सरकारले दुई ओटा सहयोग गरिदिए हुन्थ्यो । पहिलो इन्टरनेटका लागि पूर्वाधार बनाइदेओस् । हामीले इन्टरनेट नभएका ठाउँका लागि डिभाइस बनाएपनि एकपटक इन्टरनेटमा जोडिनुपर्छ । त्यसैले इन्टरनेट पुर्‍याइदिनुहोस् । अहिले धेरै ग्रामीण भेगमा इन्टरनेट पुगेको पनि छ । अर्को हामीले गर्‍यौँ भने सरकारले स्याबासी देओस् ।

यो सरकारले गर्ने काम हो तर हामीले गरिरहेका छौँ । सरकारले राम्रो काम गरोस् भनिदिए मात्र पनि पुग्छ । हामीलाई हौसला दिए पुग्छ । 


नेपालको शिक्षा प्रणालीमा माई सेकेन्ड टिचेर महत्वपूर्ण परिवर्तन ल्याउन सक्छ ?

हामी निजी क्षेत्र, सरकार, मिडिया, जतिपनि स्टेकहोल्डर सबै एकजुट हुने हो भने महत्वपूर्ण परिवर्तन गर्न सक्छौँ । मैले आफैलाई टार्गेट दिएको छु कि बढीमा ७ वर्षमा हाम्रा बच्चाहरू दुबई, कतार जाँदा पनि लेबरको रूपमा जान पर्दैन । खररर...अंग्रेजी बोलेर कन्टेन्टमा स्मार्ट बनाएर पठाउन सक्छौँ ।

र, अलिकति मिहेनत गर्ने बच्चाहरू विकसित मुलुकका ग्राजुयटहरूसँग मज्जाले प्रतिस्पर्धा गरेर नेपाल स्किल्ड डेस्टिनेसन हो भनेर बनाउन सक्छौँ । मैले यो अन्जानको भरमा भनेको होइन । हाम्रो योगदानले शिक्षा क्षेत्र एक तह माथि आउँछ । अलिकति तन्काएर भन्दा बढीमा ७ वर्ष नत्र ५ वर्षमा देख्न सकिने, महसुस गर्न सकिने गरी हाम्रो यो प्याटफर्मले नेपालको शिक्षा क्षेत्रमा परिवर्तन आउँछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC