site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
काठमाडौंमा एकैदिन २,९५६ जना काेराेना संक्रमित थपिए, उपत्यकाबाहिर कहाँ कति ? 

काठमाडौं । काठमाडौँ उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा २ हजार ९५६ कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौंमा २ हजार ४०४ जना, भक्तपुरमा  १३३ जना र ललितपुरमा ४१९ जना नयाँ संक्रमित थपिएका हुन् ।

उपत्यका बाहिर अति प्रभावित जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीमा ४७३ जना संक्रमित थपिएका छन् । त्यस्तै बाँकेमा ४२२ दाङमा २५२ सुर्खेतमा ९७ पर्सामा  १५३ र मोरङमा १६१ जना संक्रमित थपिएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुलुकभर हाल ३३१ जना आईसीयू र ११५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १६:४०
प्रतिक्रिया दिनुहोस्