site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘फेक मास्क’ लगाएर प्रयांक गरेपछि दुई जना युटुबरमाथि कारबाही
Sarbottam CementSarbottam Cement

जकार्ता । इन्डोनेसियाको बालीमा कोरोना सम्बन्धी स्थानीय नियमको उल्लंघन गर्दै ‘फेक मास्क’ लगाएर प्रयांक गर्ने दुईजना युटुबरहरूलाई कारबाही हुने भएको छ । 

त्यही प्रयांक भिडियोका कारण अहिले स्थानीय सरकारले जोश पेलेर लिन र लेइआ सेको  पासपोर्ट जफत गरेको छ । अब उनीहरूलाई इन्डोनेसियाबाट आफ्नै देश फिर्ता पठाउनेबारे समेत निर्णय भइरहेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भिडियोमा पहिले लेइआलाई मास्क नलगाएका कारण एउटा स्टोर भित्र प्रवेश गर्न दिइँदैन । त्यसपछि उनले आफ्नो अनुहारमा पेन्ट गरी फेक मास्क बनाएर फेरि त्यही स्टोरमा जाँदा उनलाई त्यहाँ भित्र छिर्न दिइन्छ । अप्रिल २२ मा राखिएको सो भिडियो केहीबेरमै भाइरल बनेको थियो । युट्युबमा लिनका ३४ लाख सस्क्राइबर छन् । 

इन्डोनेसियाका धेरै ठाउँमा हाल मास्क लगाउन अनिवार्य गरिएको छ । पहिलोपटक गल्ती गरेकाहरूलाई जरिवाना गर्ने गरिएको छ भने विदेशीहरूलाई चाहिँ तिनको देश फिर्ता पठाइनेसमेत नियम रहेको छ । यसमा लिन र सेको यो पहिलो नियम उल्लंघन भएपनि उनीहरूको प्रयांक भिडियो सामाजिक संजालमा अधिक चर्चामा आएपछि त्यसले बालीको आधिकारिक निकायको समेत ध्यानाकर्षण गराएको हो । यसपछि उनीहरू दुवैको पासपोर्ट जफत गरिएको छ । लिन ताइवानकी हुन् । उनी अमेरिकामा बस्छिन् भने से चाहिँ रुसी नागरिक भएको बताइएको छ । 

Global Ime bank

यस्तोमा अहिले उनीहरूलाई फिर्ता पठाउनेबारे सरकारी निकायहरूले निर्णय लिइरहेको बालीस्थित मानव अधिकार तथा कानुन मन्त्रालयका प्रवक्ताले बताए ।
 
यस घटनापछि लिनले सो भिडियो आफ्नो युट्युब च्यानलबाट हटाएकी छन् । उनले इस्टाग्राममार्फत अर्को भिडियो राखेर माफी पनि मागेकी छन् । भिडियोको उद्देश्य कानुनको अपमान गर्नु या मास्क नलगाउन प्रोत्साहन गर्नु नभएको र केबल मनोरञ्जनका लागि मात्र गरिएको उनको भनाइ छ ।

आफू युट्युबमा ‘कन्टेन्ट निर्माता’ भएकाले आफ्नो काम नै मानिसहरूलाई मनोरञ्जन गराउनु रहेको उनले बताइन् । यसो भनिरहँदा भिडियोमा दुवैले मास्क लगाउँदै माफीका लागि अपील गरेका छन् ।
  
यसअघि पनि इन्डोनेसियाका मास्क नलागाउने विदेशीहरूलाई अनौठो सजाय दिएको खबर चर्चामा आएको थियो । अष्ट्रेलियन न्युज च्यानलमा प्रशारण गरिएको समाचारअनुसार मास्क लगाउन अल्छि गर्ने पर्यटकलाई प्रहरीले ‘पुसअप्स’ र उठबस लगायतका क्रियाकलाप गर्न लगाएका थिए । सिएनएनबाट

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC