बाह्रखरी
भर्खरै
sticky  ncell
कोरोना संक्रमण अपडेट प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नेपालमा काेराेना सङ्क्रमणदर भारतकाे भन्दा उच्च, सङ्क्रमित २२८ प्रतिशतले बढे
बाह्रखरी - बुधबार, वैशाख १५, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौँ । नेपालमा कोभिड–१९ को सङ्क्रमण दर उच्च रहेको छ । नेपालमा अहिले सङ्क्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयले बुधबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका सङ्क्रामक रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले गत हप्ताको तुलनामा यसहप्ता नेपालमा सङ्क्रमित दर २२८ प्रतिशतले वृद्धि भएको जानकारी दिइन् । उनकाअनुसार यसहप्ता नेपालको सङ्क्रमण दर भारतको जस्तै रहेको छ । 

Rohto Landing

Agani Group

उनले गतवर्ष  भारतमा नेपालको भन्दा एक महिनाअघि नै बढी सङ्क्रमण दर रहेको यसवर्ष भने नेपाल र भारतको सङ्क्रमणको दर एउटै रहेको बताइन्। “चार हप्तामा भारतजस्तै नेपालमा सङ्क्रमणको दर छिटो छिटो बढेको छ”, उनल भनिन्, “नेपालमा भारतमा भन्दा बढी सङ्क्रमण दर रहेको छ ।”

उनले भारतमा जस्तै नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको बताइन् । संसारभरमा नेपाल अहिले सङ्क्रमण सार्नेमा सबैभन्दा उच्च रहेको उनले बताइन् । एक जनाले दुई जनाभन्दा बढीलाई सङ्क्रमण सारिरहेको छ । बुधबारमात्र चार हजार ८९७ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म नेपालमा तीन लाख १२ हजार ६९९ जनामा सङ्क्रमण, दुई लाख ७९ हजार २७९ जना निको र तीन हजार २११ को निधन भइसकेको छ । 

sarbottam cement

एक महिनामा एक लाख ९३ हजार सङ्क्रमति
उनकाअनुसार यही दरमा सङ्क्रमण फैलिने हो भने एक महिनामा एक लाख ९३ जना सङ्क्रमित हुनेसक्ने छन् । “एक वर्षमा जति सङ्क्रमित फेला पारेका थियौँ, सङ्क्रमित यही दरमा बढ्ने हो भने हामी तीन महिनामा विगत एक वर्षको सङ्क्रमितको सङ्ख्या पुग्ने छ”, उनले भनिन्, “सङ्क्रमतिको सङ्ख्या मात्र होइन मृत्यु पनि त्यसरी नै बढ्ने छ, यही गति दरमा सङ्क्रमण बढ्ने हो भने हामीले १०० देखि १५० मानिसलाई गुमाउनु पर्छ ।” बुधबार १७ जनाको निधन भएको छ । रासस

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, वैशाख १५, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्