site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्णालीमा सांसद् भड्काएको आरोप लगाउँदै ओलीले नेपाललाई सोधे– दल त्याग गरेको किन नभन्ने ? 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई कर्णाली प्रदेशका सांसद भट्काएको आरोप लगाएका छन् । ओलीले सोमबार कारबाहीका लागि स्पष्टीकरण सोध्दै पार्टी परित्याग गरेको किन नभन्ने प्रश्न गरेका छन् ।  

“तपाईंले कर्णाली प्रदेश सभामा प्रदेश सभाका सदस्यहरुलाई उचाल्दै भट्काउँदै अनुशासनहीन अराजक एवं पार्टी विरोधी क्रियाकलाप गर्न दुरुत्साहन गर्ने फ्लोर क्रस गरी पार्टीको ह्वीप उल्लंघन गर्दै मतदान गर्न निर्देशन दिने जस्ता अनुशासनहीन र आपराधिक कार्यसमेत गरे/गराएकोले तपाईंलाई यसरी पार्टी वा पार्टीको संसदीय दल परित्याग गरे पनि दल त्याग गरेको किन नभन्ने ?” ओलीले सोधेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत शुक्रबार कर्णाली प्रदेशमा भएको मतदानमा नेपाल पक्षका चार सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका थिए ।

ओलीले पार्टी तथा आफ्नो सरकारका विरुद्धमा विभिन्न अवाञ्छित क्रियाकलाप निरन्तर गरिरहेको, घोषित रुपमा नयाँ राजनैतिक दलको स्वरुपमा गतिविधि गरी पार्टीको निर्णय, नीति, नेतृत्व विरुद्ध शत्रुवत ढंगले प्रस्तुत गरी दुष्प्रचार र भ्रम फिजाउँने कार्य गरेको आरोप लगाएका छन् ।

ओलीले नेता नेपाललाई सच्चिने अन्तिम मौका दिएको भन्दै दुई दिनभित्र स्पष्टीकरण माग गरेका छन् । ओलीले नेता नेपाललाई तपाईंलाई सांसद पदबाट किन कारबाही नगर्ने भन्द्र प्रश्न गरेका छन् । 

पत्र पढ्नोस्

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १४:४५
प्रतिक्रिया दिनुहोस्