site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी पूर्वउपराष्ट्रपति वाल्टर मोन्डेलको निधन

वासिङ्टन । अमेरिकी पूर्वउपराष्ट्रपति वाल्टर मोन्डेलको ९३ वर्षको उमेरमा निधन भएको छ । मोन्डेलको सोमबार मिनियापोलिसमा निधन भएको उनको पारिवारिक स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

उनको निधनमा शोक व्यक्त गर्दै राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले ‘अमेरिकाका सबैभन्दा समर्पित देशभक्त र नागरिकको सेवकलाई मित्र र संरक्षकका रुपमा पाएको’ बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैगरी पूर्वराष्ट्रपति जिम्मी कार्टरले समवेदना व्यक्त गर्दै मोन्डेललाई अमेरिकाको इतिहासमा सबैभन्दा उत्तम उपराष्ट्रपति बताएका छन् ।

सन् १९७६ मा राष्ट्रपति कार्टरको कार्यकालमा उपराष्ट्रपति निर्वाचित भएका मोन्डेल सन् १९८४ को राष्ट्रपतिय निर्वाचनमा रोनाल्ड रेगनसँग पराजित भएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १४:४३
प्रतिक्रिया दिनुहोस्