site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतमा रोकिएन कोरोना संक्रमण बढ्ने क्रम, एकैदिन दुई लाख ७४ हजारमा संक्रमण 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । कोरोना उच्च जोखिम रहेका ठाउँमा लकडाउन तथा भिडभाड नियन्त्रणका लागि कफ्र्युसमेत लगाए पनि भारतमा कोरोना संक्रमण र मृत्यु बढ्ने क्रम रोकिएको छैन । 

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ७३ हजार ८१० जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सोही अवधीमा १ हजार ६१९ कोरोना संक्रमितको मृत्यु भएको छ । 

भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ७८ हजार ७६९ पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ५० लाख ६१ हजार ९१९ पुगेको तथ्यांक छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  ०६:५८
प्रतिक्रिया दिनुहोस्