site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
१० अर्बको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना
Sarbottam CementSarbottam Cement

काठमाडौं । गैरआवासीय नेपाली संघको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना भएको छ ।  विश्वभर रहेका नेपालीहरुको पूँजीलाई नेपालमा लगानी गर्ने उद्देश्यका साथ संघले फन्ड स्थापना गरिएको हो । १० अर्ब अधिकृत पूँजी राखेर दर्ता यो कम्पनीमा पाँच प्रतिशत नेपाल सरकारको पनि लगानी रहनेछ । 

फण्ड स्थापनाको औपचारिक घोषणा गर्न अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले नेपाल सरकार गैरआवासीय नेपालीसँग सहकार्यका लागि सदैव तत्पर रहेको र आवश्यक सहयोगका लागि तयार रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

 गैरआवासीय नेपालीले लगानीदूतको रुपमा भूमिका निर्वाह गर्दै विदेशी लगानीकर्तालाई पनि आकर्षित गर्न मद्दत गर्न उनले आह्वान गरे । कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले छरिएर आउने गरेको लगानी संगठित रुपमा नेपाल ल्याउन बाटो खुलेको बताए । उनले भने, यसबाट पनि रोजगारी सिर्जना भइरहेको छ । केही समयअघि पनि हामीले अर्को लगानी भेन्चर सञ्चालनमा ल्याएका थियौँ । तर हाम्रा दाजुभाइहरुले बृहत लगानीको प्ल्याटफर्म खोज्नुभएको थियो । त्यही मागलाई पूरा गर्न यो कोष आएको एनआरएनएले जारी गरेको विज्ञपितमा उल्लेख छ ।  

फन्डका अध्यक्ष डा उपेन्द्र महतोले विश्वभरका नेपालीबाट ठूलो लगानी रकम नेपाल ल्याउँदा अन्य लगानीकर्तालाई समेत प्रोत्साहन गर्न सकिने बताए ।  नेपालको विसकामा पहिला नेपालीको सहभागिता आवश्यक पर्ने र त्यसपछि मात्र विदेशी पनि आकर्षित हुने उनको भनाइ थियो । विदेशबाट लगानीमात्र नभई प्रविधि, सीप, कर्पोरेट कल्चर र सुशासन पनि भित्रने उनको विश्वास थियो । 

Global Ime bank

अर्थसचिव शिशिर ढुंगानाले  यस फण्डमा सरकारको पनि पाँच प्रतिशत लगानी रहने र यस फण्डलाई कोरोना पछिको अर्थतन्त्रको उत्थानका लागि  प्रयोग गर्न सकिने बताए ।  यसअघिका पराम्परागत आयोजना नवप्रवर्धनात्मक पूर्वाधार र आर्थिक विकासका आयोजना पहिचान गरी लगानी गर्न यो फण्ड सहयोगी हुने र त्यसका लागि सरकारले सहयोग गर्ने उनको भनाइ थियो । 

नेपालमा थप परोपकारी परियोजना सञ्चालन गर्ने उदेश्यले गैरआवासीय नेपाली संघले एनआरएनए फाउण्डेसनको स्थापना गरेको छ । विश्वभर छरिएका नेपालीहरुले नेपालमा गर्ने परोपकारी कामहरुलाई अझ प्रभावकारी र पारदर्शी बनाउने उदेश्यले गैरआवासीय नेपाली संघले छुट्टै फाउण्डेनशनको स्थापना गरेको हो । 

फाउण्डेशनमार्फत संघले सञ्चालन गर्ने परोपकारी परियोजनाहरुको लागि आवश्यक कोषको व्यवस्थापन गर्न सहयोग पुग्नुका साथै सहयोग गर्ने संघसंस्थाहरुलाई समेत करमा छुट पाउन सक्ने प्रावधान अनुसार धेरै दाताहरुको सहयोग र साथ पाउन सकिन्छ भन्ने फाउण्डेशनको धारणा रहेको छ । 

फाउण्डेशनले नेपालमा प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, चिकित्सा क्षेत्रमा सहयोग, मठमन्दिर, प्राचिन स्मारकहरुको मर्मत तथा जिर्णोद्धार, कला तथा संगीत क्षेत्रमा सहयोग, बैज्ञानिकहरु तथा श्रमिकहरुको क्षमता वृद्धि, अन्तर्राष्ट्रिय खेलकुद विकासमा सहयोग, गैरआवासीय नेपालीहरुको उत्थान, विपत व्यवस्थापन तथा अन्या सरोकारका क्षेत्रमा सहयोग गर्ने छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  ०६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC