site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीको गृह जिल्लामा खनाल–नेपाल समूहले समानान्तर कमिटी घोषणा गर्दै
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेको अर्को पक्ष खनाल–नेपाल समूहले समानान्तर कमिटी घोषणा गरेको छ ।

झापाको बिर्तामोडमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले जिल्ला भेलाको आयोजना गरिरहेको छ । भेलाले बेदराज रेग्मीको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गर्ने खनाल–नेपाल समूहले जानकारी दिएको छ ।

समानान्तर कमिटी घोषणालाई सम्बोधन गर्न वरिष्ठ नेता नेता, प्रदेश संयोजक भीम आचार्यलगायत नेताहरू बिर्तामोड पुगेका छन् ।
खनाल–नेपाल समूहले ६८ जिल्लामा समानान्तर कमिटी निर्माण गरिसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १५:४६
प्रतिक्रिया दिनुहोस्