बाह्रखरी
भर्खरै
sticky  ncell
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
बाफ्टा २०२१ मा चलचित्र 'नोम्याडल्यान्ड’ को वर्चस्व
बाह्रखरी - सोमबार, चैत ३०, २०७७
Laxmi Bank
Laxmi Bank

लण्डन । बाफ्टा (ब्रिटिस एकेडेमी फिल्म अवार्ड) २०२१ मा चलचित्र ‘नोम्याडल्यान्ड’ को वर्चस्व देखिएको छ । यस चलचित्रले ‘उत्कृष्ट चलचित्र’ सहित चार विधामा अवार्ड जितेको छ । चलचित्र ‘नोम्याडल्यान्ड’ ले छायांकार, निर्देशक र मुख्य अभिनेत्रीको उपाधि पनि जितेको छ । 

त्यस्तै चलचित्र ‘मिनारी’ बाट अभिनेत्री यु यंग यानले ‘उत्कृष्ट सर्पोटिङ’ अभिनेत्रीको अवार्ड जितेकी छन् । अवार्ड पाएपछि अभिनेत्रीले दिएको रामाइलो स्पिचले ट्विटर प्रयोगकर्तालाई आकर्षित गरेको छ । उनी भन्छिन्, “हरेक पुरस्कार अर्थपूर्ण हुन्छ, तर यो अझै विशेष छ किनभने यो अहंकारीको रूपमा चिनिने ब्रिटिसहरूले दिएको हो ।” उनले यसो भनिरहँदा सबैजना हाँसिरहेका थिए । 

Rohto Landing

Agani Group

निर्देशक रेमी विक्सको ‘हिज हाउस’ले ‘उत्कृष्ट डेब्यू चलचित्र’ को अवार्ड पाएको छ । यस्तै एमरेल्ड फेनेलको ‘मी टु’ ड्रामा ‘प्रमिसिङ योन वुमन’ उत्कृष्ट ब्रिटिस फिल्म घोषित भएको छ । वृत्तचित्र श्रेणीमा भने ‘माय अक्टोपस टीचर’ ले भने बाफ्टा पुरस्कार आफ्नो नाममा पार्‍यो । 

चलचित्र ‘सोल’ ले एनिमेटेड फिल्म र ओरिजिनल स्कोर विधामा पुरस्कार पायो । उत्कृष्ट अनुभवी अभिनेताको पुरस्कार भारतका आदर्श गौरवले द ह्वाइट टाइगर’ बाट र एन्थनी हपकिन्सले ‘द फादर’ बाट जितेका छन् । 

sarbottam cement

एडिथ बोम्यान र डेर्मोट ओलियरिले सञ्चालन गरेको कार्यक्रममा बाफ्टाले १७ वटा पुरस्कार दिएको थियो । एडिथ र डेर्मोटले लण्डनको रोयल अल्बर्ट हलबाट कार्यक्रम सञ्चालन गरेका थिए भने मनोनितहरूले भर्चुअल रूपमा सहभागिता जनाएका थिए । एजेन्सीहरूको सहयोगमा 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, चैत ३०, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्