site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपा निष्कर्ष : कांग्रेसलाई जवाफ दिन जरुरी छैन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले अहिले सरकार गठनका विषयमा कांग्रेसलाई जवाफ दिन जरुरी नभएको निष्कर्ष निकालेको छ ।

जसपा पदाधिकारी बैठकले आइतबार बेलुका यस्तो निष्कर्ष निकालेको नेता राजेन्द्र महतोले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार माग पूरा गर्नेगरी वर्तमान सरकार अघि बढेको हुँदा अहिले सरकारलाई नै पर्खनुपर्ने निष्कर्ष निकालेको छ ।

“माग पूरा गर्नेगरी सरकार अघि बढेको छ भन्ने सुन्नमा आएको छ,” महतोले भने, “पर्ख र हेरौँ । यो सरकारले माग पूरा  गरेन भने पनि  कांग्रेसले सडकमा सरकारका कुरा गरेर भएन । सरकारको कुरा गर्ने भए सडकमा होइन संसद्मा गर्नुपर्‍यो । सत्ताको विषयमा कुरा गर्नेगरी अहिले निर्णय भएको छैन ।”
 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १९:५४
प्रतिक्रिया दिनुहोस्