site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

‘सपिङ कम्प्लेक्स’ बनाउने भन्दै सुकुम्बासी बस्तीमा डोजर चलाएर झापाको  दमकमा पर्ने हाटखोला र पञ्चमुखीका २० परिवारको वास उठाइएको छ । उनीहरू करिब चार दशकदेखि त्यस ठाउँमा बसिरहेका थिए । बिचल्लीमा परेका परिवारको बसोवासको व्यवस्था मिलाउन भने सरकारले चासो पनि देखाएको छैन । 

यसरी घरबार भत्काइदिँदा त्यहाँ बस्ने बालबालिका, बूढापाका, अपाङ्गता भएका, सुत्केरी र गर्भवतीजस्ता कमजोर अवस्थामा रहेकाहरूको दयनीय अवस्था हुन्छ । मानवीय बिचल्लीको उपेक्षा गरेर गरिने कथित विकास जनविरोधी हो । दमक नगरपालिकाले तिनको उठीवास लगाएर त्यस्तै जनविरोधी ‘अपराध’ गरेको छ ।  

Agni Group

नगरपालिकाको यस निर्मम काम सुन्नेबित्तिकै सबैभन्दा पहिले सम्झने अनुहार भने प्रधानमन्त्री खड्गप्रसाद ओलीकै हो । घटनास्थल प्रधानमन्त्री ओलीको गृह नगर त हुँदै हो गरिबको उठिवास लगाएर सपिङ कम्प्लेक्स बनाउने ‘भुइँफुट्टा’ विकासको सोच पनि तिनले ओलीबाटं सिकेका हुनुपर्छ ।

नेपालमा अहिले सयौंका सङ्ख्यामा अग्ला डाँडामा कथित ‘भ्युटावर’ बनाइएका छन् । खानेपानी, बिजुली, टेलिफोन, इन्टरनेट, अस्पताल, विद्यालयजस्ता अत्यावश्यक मानवीय सुविधाको विस्तारमा भने टावरे टोलीको ध्यान गएको देखिँदैन । यस्तो शैलीको कामलाई विकास भन्नु नै पाखण्ड हो । 

Global Ime bank

भ्यु टावरजस्ता भौतिक संरचना बनाउँदा पाइने कमिसन र ‘कीर्ति’ रचेको ठान्ने मानसिकताले जनजीवनसँग सरोकारै नराख्ने बिजनेस कम्पलेक्सजस्ता भुइँफुट्टा काम सरकारी अधिकारीको प्राथमिकतामा परेको हुनुपर्छ । विकासको यो ढाँचाबाट गरिब र समग्रमा बहुसंख्यक जनताको  हित भने हुँदैन । सपिङ कम्प्लेक्स बनाउनेजस्तो काम त आवश्यक र नाफा हुने भए निजी क्षेत्रले नै गर्न सक्छ । 

सपिङ कम्प्लेक्स बनाउनै परेको भए पनि त्यहाँका बासिन्दालाई सम्झाइबुझाइ गरी उचित क्षतिपूर्ति दिएर अन्यत्र सार्नुपर्थ्यो । तर, राज्यका अरू निकायले जबर्जस्ती गरे पनि संरक्षण गर्नुपर्ने नगरपालिकाले नै बल प्रयोग गर्ने बाटो रोज्यो । यसैले यस कृत्यमा अमानवीय राक्षसी प्रवृत्ति झल्किएको छ । 

आफ्नै गृह नगर भएकाले पनि ती बिचल्लीमा परेका परिवारको बसोवासको प्रबन्ध मिलाउनु प्रधानमन्त्री ओलीको कर्तव्य हो । उठीवास लगाउने काम उनको जानकारी र सहमतिमा नै भएको होइन भने त झन् उनले तत्काल हस्तक्षेप गरेर तिनलाई थप कष्ट भोग्नबाट जोगाऊन् । साथै जनजीवनमा सकारात्मक परिवर्तन नहुने र कमिसनका लोभमा गरिने यस्ता भुइँफुट्टा काम रोकून् । नेपालको विकास प्राथमिकता मानवीय आवश्यकता हुनुपर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC