site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शेरबहादुरजीको नेतृत्वमा सरकार : शशांक
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्ने बताएका छन् । आज चितवन पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

उनले भने, “शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ । यस विषयमा अन्य दलसँग छलफल जारी छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुंगो लाग्ने उनको भनाइ थियो । उनले थपे, “जसपासँग छलफल भइरहेको छ । उहाँहरु पनि आन्तरिक छलफलमा हुनुहुन्छ ।” जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने उनले बताए ।

फरक प्रसंगमा उनले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने बताए । उनले भने, “समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्नु हुँदैन ।” रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC