
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले ५६ जिल्लामा समानान्तर कमिटी विस्तार गरेको छ ।
पार्टी पुनर्गठन गर्ने चैत ४ र ५ को कार्यकर्ता भेलाको निष्कर्षअनुरूप ७७ जिल्ला र स्थानीय तहसम्मै समानान्तर कमिटी घोषणा गर्ने तयारी रहेको नेकपाका नेताहरूले जानकारी दिएका छन् ।
खनाल नेपाल समूहले प्रदेश नम्बर-१ मा भीम आचार्य, प्रदेश नम्बर-२ मा घनश्याम भुसाल, वाग्मती प्रदेशमा अष्टलक्ष्मी, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा भीम रावलको संयोजकत्वमा प्रदेश कमिटी पुनर्गठन गरिएको छ ।
कर्णाली प्रदेशमा प्रकाश ज्वालाको नेतृत्वमा कमिटी पुनर्गठन गर्ने तयारी खनाल-नेपाल समूहको छ ।
यस्तो छ जिल्ला अध्यक्षहरूको सूची-