site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कार्बन उत्सर्जनको चिनियाँ लक्ष्यलाई बिटक्वाइन माइनिङले प्रभाव पार्ने
Sarbottam CementSarbottam Cement

बीबीसी । चीनको कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिमा बिटक्वाइन माइनिङले प्रभाव पार्ने एक अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ द चाइनिज एकेडेमी अफ साइन्सेज, सिंघुवा युनिभर्सिटी, कर्नेल युनिभर्सिटी र युनिभर्सिटी र सुरीका अध्ययनकर्ताको अध्ययनले यस्तो नतिजा देखाएको हो ।

सन् २०३० सम्ममा कार्बन उत्सर्जन उच्च विन्दुमा पुग्ने अपेक्षा गरेको चीनले सन् २०६० सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य लिएको छ । तर, यो लक्ष्य हासिल गर्न बिटक्वाइन बाधक देखिने अध्यताहरुको निष्कर्ष छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“उचित हस्तक्षेप र व्यवहारिक नीति नहुँदा चीनमा भइरहेको बिटक्वाइन ब्लकचेन कार्य निकै खरतनाक साबित हुनसक्छ । यसले कार्बन उत्सर्जन कम गर्न भइरहेको प्रयासलाई कमजोर तुल्याउन सक्छ,” प्रतिवेदनमा चेतावनी दिइएको छ ।

विश्वको ७५ प्रतिशत विटक्वाइन माइनिङ चीनमा नै हुने गरेको छ । विद्युत् महसुल कम पर्ने र बसोबासका लागि अविकसित रहेकाले चीनको ग्रामीण क्षेत्र बिटक्वाइन माइन गर्नेहरुको केन्द्र बन्दै गएको छ ।

Global Ime bank

बिटक्वाइन माइनिङ गर्न शक्तिशाली कम्प्युटरको प्रयोग गर्नुपर्ने भएकाले धेरै विद्युत् खपत हुन्छ । सन् २०१६ मा चेक रिपब्लिक र कतारले गरेका कुल कार्बन उत्सर्जनभन्दा चीनमा बिटक्वाइनका कारण हुने उत्सर्जन अधिक रहेको बताइएको छ ।

चीनमा सन् २०२४ देखि बिटक्वाइनमा खपत हुने विद्युतको मात्रा इटाली र साउदी अरेबियामा खपत हुने कुल विद्युत्भन्दा बढी हुने अनुमान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC