site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सर्वाेत्तम सिमेन्टले १५ बेड क्षमताको अस्पताल बनाउने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सर्वोत्तम सिमेन्टले अस्पताले निमार्ण गर्ने भएको छ । कम्पनीले सामाजिक उत्तरदायित्वकाे अन्तर्गत नवलपरासीको उद्योग रहेको क्षेत्रमा १५ बेड क्षमतासहितको अस्पताल निर्माण गर्ने निर्णय गर्दै सुनवल नगरपालिकालाई प्रतिबद्धता–पत्र प्रदान गरेको छ ।

सुनवलमा आयोजिक कार्यक्रममा  कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले करिब ४ करोडको लागतमा अस्पताल निर्माणको प्रतिबद्धता–पत्र सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा क्षेत्रीलाई दिएका छन् ।

सोही कार्यत्रममा कम्पनीका अध्यक्ष न्यौपानेका पिता लिलाराम न्यौपानेको स्मृतिमा भैरहवाको भीम अस्पताल बनेको लिलाराम न्यौपाने आकस्मिक कक्षको समेत उद्घाटन भएकाे छ । उक्त अत्याधुनिक कक्षमा २५ बेड सहित ३ वटा आई.सि.यू. तथा २ भेन्टिलेटर समेतको सुविधा रहेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १७:०६
प्रतिक्रिया दिनुहोस्