site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विराटनगरका इ–रिक्सामा 'क्युआर कोड'बाट भाडा तिर्न सकिने   
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सनराइज बैंकले विराटनगरको टेम्पो/इ–रिक्सामा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । बैंकले विराटनगरको बरगाछीमा रहेको केशरीचन्द भवरलालको टेम्पो विक्री केन्द्रबाट उक्त सेवाको सुरुवात गरेको हो ।

प्रथम चरणमा ७० वटा टेम्पो/इ–रिक्सामा क्यूआर वितरण गरिएको बैंकले जनाएको छ । टेम्पो तथा इ–रिक्सा चढ्ने ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै रिक्सा भाडा भुक्तानी गर्न सक्नेछन् ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १६:१५
प्रतिक्रिया दिनुहोस्