site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अपर सोलु हाइड्रोले आईपीओ निष्कासन गर्ने, माग्यो धितोपत्र बोर्डसँग अनुमति 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को अनुमति माग गर्दैै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बोर्डमा यही चैत १६ गते कम्पनीले आईपीओ निष्कासनको आवेदन दिएको हो । आईपीओ निष्कासनको लागि कम्पनीले एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

आईपीओ निष्कासनको लागि कम्पनीले गराएको रेटिङमा इकार नेपालले इस्युआर रेटिङ ‘इक्रा एनपी–आईआर डबल बी प्लस’ रेटिङ दिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १४:२४
प्रतिक्रिया दिनुहोस्