बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नवीन्द्रराज जाेशीको अभाव देश र कांग्रेसभित्र खड्कीनेछ : रामचन्द्र पौडेल
Godraj nepal
Godraj nepal
बाह्रखरी - बुधबार, चैत २५, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवीन्द्रराज जाेशीको निधन भएपछि देशले होनहार र उदयीमान नेता गुमाएको बताएका छन् ।स्वर्गीय जोशीको १३औँ पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शोकसभामा बोल्दै नेता पाैडेलले जोशीको अभाव आगामी दिनमा देश र काँग्रेसभित्र खड्कीने बताए । 

“लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र कांग्रेसभित्र खड्कीनेछ”, उनले भने । स्व जोशीले विसं २०४६ को जनआन्दोलन पहिले विद्यार्थीका रूपमा र त्यसपछि कांग्रेसमा बसेर लोकतन्त्र स्थापनामा खेलेको भूमिका स्मरणयोग्य रहेको पाैडेलकाे भनाइ छ ।

पछिल्लो समय जनप्रतिनिधिका हैसियतले जनताको घरघरमा पुगेर जनसम्बन्ध राखेर अनुकरणीय काम गर्ने नेता जोशीबाट कांग्रेसका नेताले पाठ सिक्नुपर्ने उनले बताए । नेता पौडेलले बौद्धिक, विचारशील र कर्मशील व्यक्तित्व जोशीको निधनमा कांग्रेसले ठूलो क्षति व्यहोर्नुपरेको बताए ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, चैत २५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्