site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

भक्तपुर जिल्लाको कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्रका पदाधिकारीले सङ्क्रमण बढ्ने जोखिम देखाएर विक्रम संवत् २०७८ को बिस्का जात्रा लगाउन रोक्ने निर्णय गरेपछि स्थानीयले चर्को विरोध गरेका छन् । सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा नै पनि परेको छ । भक्तपुरमा नयाँ वर्षको पहिलो दिन बिस्का जात्रा लाग्छ ।* यसैबीच जात्रा नराेक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर अन्योलको अन्त्य गरेकाे छ ।

शासकहरू सायद सिक्नै खोज्दैनन् । नेपाली समाजमा पदमा पुग्नेबित्तिकै आफैँलाई सर्वज्ञ ठान्ने मानसिकता व्याप्त छ । गल्तीबाट सिकेको भए सरकारले भक्तपुरको पहिचान ामानिने बिस्का ९बिस्केट० जात्रा रोक्ने निर्णय  स्थानीयसँग परामर्श नगरी पक्कै गर्ने थिएन ।

Agni Group

भारतमा दैनिक एक लाखभन्दा बढी कोभिड(१९ बाट सङ्क्रमित हुनथालेका छन् ।   नेपालमै पनि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेर दैनिक तीन सय जनाको हाराहारीमा पुगेको छ । अहिले सानो असावधानीबाट समेत सङ्क्रणले भयावह रूप लिन सक्छ । भक्तपुरका बासिन्दा पनि यति त पक्कै बुझेका छन् । तैपनि, उनीहरुले जात्रा रोक्ने सरकारी निर्णयको किन गरे त यसरी विरोध ?

रातो मछिन्द्रनाथको रथ तान्न रोक्ता ललितपुरमा देखिएको जनआक्रोशको हेक्का नराखी स्थानीय प्रशासनले  गरेको निर्णय यसैले भक्तपुरेका लागि पनि मञ्जुर भएन । उनीहरू प्रतिवादमा उत्रे । बिस्का जात्रा भक्तपुरका बासिन्दाको दैनिक जीवनको अभिन्न अङ्ग हो भने भक्तपुरे संस्कृतिको परिचायक पनि हो । त्यसैले बिस्काका सम्बन्धमा लिइने निर्णयमा उनीहरूको निर्णायक भूमिका हुनुपर्थ्यो ।

Global Ime bank

सङ्क्रमण फैलन नपाउने तर जात्रा नरोकिने उपाय पहिल्याएमा अहिलेको तनाव स्वतः कम हुनेछ । बिस्काका सरोकारवालाहरूलाई नै यस्तो उपाय पहिल्याउन दिइनुपर्छ । सरकारले जबर्जस्ती गर्न खोजे समुदायमा तनाव बढ्नेमात्र होइन सङ्क्रमणको जोखिम पनि बढ्न सक्छ । राजनीतिक नेताहरूलाई भिड जम्मा गर्न नरोक्ने प्रशासनलाई जात्रा रोक्ने त नैतिक अधिकार पनि छैन । 

लिङ्गो ठड्याउने, रथ तान्ने र पूजा गर्नेजस्ता जात्राका सबै उपक्रम पूरा हुने तर भिडभाड नहुने उपाय के हुनसक्छ त रु सायद, टेलिभिजनमा जात्राको प्रत्यक्ष प्रसारण गर्ने र रथको दर्शनका लागि जानेलाई भौतिक दूरी कायम गरेर मास्क प्रयोग गर्न मनाउन सके जात्रामा विघ्न पनि नपर्ने र सङ्क्रमणको जोखिम समेत अपेक्षाकृत कम हुने देखिन्छ ।

के सरकार सरोकारवालाका कुरा सुन्न र निर्णय स्वीकार गर्न स्वेच्छाले तयार होला ? स्थानीय प्रशासनले बल प्रयोग गरेर जात्रा रोक्न खोजे त्यो हठ प्रत्युत्पादक हुनसक्छ । हेक्का रहोस्, जनता सरकारभन्दा बलिया हुन्छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC