अर्थ व्यवसाय
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ ।
कम्पनीको सेयर मंगलबार नेप्सेमा सूचीकृत भएसँगै आजबाट सेयर कारोबार सुरु भएको हो ।
नेप्सेको स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता सेयर ३६० रुपैयाँमा कारोबार भएको छ । ३६० रुपैयाँमा कम्पनीको सेयर ९० कित्ता कारोबार भएको छ ।
नेप्सेले कम्पनीको सेयर कारोबारको लागि १२० रुपैयाँदेखि ३६० रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकेको थियो ।
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७ ११:११
प्रतिक्रिया दिनुहोस्