बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
Samsung
coke
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कर्णालीमा एमालेका मन्त्रीहरुले भोलि राजीनामा दिने
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, चैत २३, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । मन्त्रीहरुले मंगबार राजीनामा दिने भएका हुन् । आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले राजीनामा दिने टुंगोमा पुगेको बताए । 

कर्णाली प्रदेशको संसदीय दलको बैठक पनि भोलि बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए । दलको बैठक अघि नै मन्त्रीहरुले राजीनामा बुझाउने तयारी भएको प्रमुख सचेतक शाहले बताए ।

Rohto Landing

Agani Group

तर, मन्त्री ज्वालाले भने राजीनामा दिने यद्यपि मिति भने तय भइनसकेको बताए ।

“राजीनामा दिन्छौं । दलको बैठक त आफ्नै हिसाबले बस्ने भयो । कहिले दिने भन्ने त भएको छैन । राजीनामा दिने टुंगोमा पुगेका छौँ,” मन्त्री ज्वालाले भने ।

sarbottam cement

आइतबार बसेको संसदीय दलको बैठकले मन्त्रीहरुले राजीनामा दिने र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

कर्णाली प्रदेशमा एमालेबाट ज्वालासँगै सामाजिक विकास मन्त्री दल बहादुर रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दलबहादुर रावल छन् ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, चैत २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्