सिओल । दक्षिण कोरियाली कम्पनी एलजी इलेक्ट्रोनिक्सले मोबाइल फोन उत्पादन नगर्ने भएको छ । घाटामा गएको कम्पनीकाे मोबाइल शाखाले अाफ्नाे उत्पादनलाई बिक्री गर्न नसकेपछि यो शाखालाई नै बन्द गर्ने निर्णय कम्पनीले गरेको हो ।
कम्पनीले अागामी जुलाई ३१ देखि मोबाइल फोन र फोनसम्बन्धी अन्य सामान उत्पादन र बिक्री बन्द गरी विद्युतीय सवारी साधन, स्मार्ट होम्स, रोबोटिक्स र कृतिम बौद्धिकता जस्ता कुराको विकासमा ध्यान केन्द्रीत गर्ने जनाएको छ । कारको पार्ट्स र छैटौं पुस्ताको मोबाइल प्रविधिको विकासमा समेत जोड दिने कम्पनीलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।
यो निर्णयले केही समयका लागि आम्दानी घट्ने भए पनि लामो यात्रामा यसले आर्थिक लाभ हुने कम्पनीको अपेक्षा छ ।
गत वर्ष एलजीको कुल बिक्रीको ८.२ प्रतिशत हिस्सा मोवाइल फोनले ओगटेको थियो । एलजीले मोबाइल शाखाबाट मात्र पछिल्लो ६ वर्षमा ४ अर्ब ५० करोड डलर घाटा व्यहोरेको छ ।
सन् २०१३ सम्म सामसुङ र एप्पलपछि सबैभन्दा धेरै मोबाइल उत्पादन गर्ने तेस्रो ठूलो कम्पनी थियो । यो कम्पनी अल्ट्रावाइड क्यामेरा लगायत नयाँ प्रविधियुक्त मोबाइल फोन निर्माण गर्ने पहिलो कम्पनी समेत हो ।