site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

महाव्याधिका बेला विपन्न परिवारलाई दिनुपर्ने खाद्यान्नलगायतको वितरण नगरी कुहाएर फालिएको भेटिनु सरकारको सम्बन्धित निकायको दण्डनीय अपराध हो । प्रदेश नम्बर ( २ को धनुषा जिल्लाको विदेह नगरपालिकामा यसरी फालिएको खाद्य पदार्थ भेटिएको भए पनि यस्तो दुरुपयोग देशैभर भएको हुनसक्छ ।
 
कोभिड(१९ का कारण गरिएको बन्दाबन्दी ९लकडाउन०मा जनजीवन कष्टकर हुँदै जान थालेपछि  राज्यले विपन्न जनता भोकै बस्न नपरोस् भनेर खाद्य पदार्थ सहयोगस्वरूप उपलब्ध गराउने निर्णय गरेको थियो । राज्यका अरू कल्याणकारी कार्यक्रमजस्तै कोभिड(१९ को महाव्याधिमा दिइएको सहयोग पनि सरकारले सहीरूपमा वितरण गर्न भने सकेन ।
 
हुनत, महाव्याधिका बेलाको खाद्यान्न सहयोग नेपाल सरकारले नै उपलब्ध गराएको थियो । तर, वितरणको व्यावस्थापन भने प्रदेश सरकार र स्थानीय तहको जिम्मामा थियो । वितरणका लागि प्राप्त खाद्य पदार्थको स्थानीय तहले गरेको व्यवस्थापनको निरीक्षण र अनुगमन प्रदेश सरकारले गर्नुपर्थ्यो । यसैले विदेह नगरपालिकाले गरेको लापरवाहीमा दोष प्रदेश सरकारको पनि देखिन्छ । 

सहायता वितरणमा हेलचेक्याइँमात्र हैन स्थानीय तहका जनप्रतिनिधिले विभेद र अनियमितता गरेका अनेकौं समाचार उति बेलै पनि सार्वजनिक भइसकेको छ । यस्तो अनियमितता र विभेदका अपेक्षाकृत धेरै घटना गरिबीको अनुपात बढी भएकै क्षेत्र प्रदेश नम्बर ( २ मा नै देखिएको छ । राज्यले विभेद गरेको चर्को नारा लगाउने राजनीतिक दलको बहुमत भएको क्षेत्रमै अनियमितता, भ्रष्टाचार र कुशासनका घटना धेरै हुनु थप चिन्ताको विषय हो । 
 
पहिलो चरणमा उपलब्ध गराइएको सहयोग वितरण अव्यवस्थित र अनिमित भएको जनगुनासो पछि प्रदेश नम्बर २ को सरकारले दोस्रोपटक आफ्नै मातहतको कार्यालयबाट लगत लिएर खाद्य पदार्थलगायतका वस्तुहरूको पोका ९ प्याकेज० बनाएर वितरण पठाएको थियो । तैपनि सहीरूपमा उपयुक्त समयमा वितरण हुनसकेन । 
 
गरिबका नाममा राज्यको ढुकुटीबाट उपलब्ध गराइएको सहयोग हेलचेक्य्राइँ र हिनामिना हुनुमा स्थानीय तह र प्रदेश सरकारका जनप्रतिनिधि दुवै दोषी देखिन्छन् । हेलचेक्य्राइँ तथा हिनामिना गर्ने व्यक्तिलाई कारबाही गरेर कम्तीमा निजका कारण भएको क्षतिको बिगो असुलउपर गर्ने परम्परा सुरू नगर्ने हो भने यस प्रकारका घटना दोहोरिइरहनेछन् ।  
 
सरकारसँग कहाँ र कति रकमको सहायता कसका लागि वितरण भयो भन्ने एकिन विवरण पनि सायद छैन । सहायता वितरण गर्ने कार्यकलाई मानवीय कर्तव्यका रूपमा नलिर तीनै तहका सरकारका जनप्रतिनिधिले प्रचारवाजीको अवसर ठानेको देखिएको छ । सरकारी पदाधिकारीको हेलचेक्य्राइँ र हिनामिनाका कारण सहायता सामग्री कुहिएर खेर गएको वा अनियमितता भएको जानकारी सरोकारवाला जनसाधारणले पाए भने पक्कै पनि दोषीलाई आफ्नै शैलीमा सजाय दिनेछन् ।       

यसैले नेपाल सरकारले हेलचेक्य्राइँ र हिनामिना भए गरिएका घटनाको छानबिन गरी दोषीलाई कारबाही हुने व्यवस्था मिलाओस् । साथै, यस्ता घटना दोहोरिन नदिन सहायता विरतण र अनुगमनको व्यवस्थापन सूचना पद्धति पनि लागू गरोस् । राज्यको ढुकुटी मासिने तर त्यसको लाभ गरिब जनतासम्म पुग्न नदिने प्रवृत्तिको अन्त्य सुनिश्चित हुनै पर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC