site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उडानको दुनियाँ नै बदलिदिने विमानको क्याबिनका नयाँ ‘कन्सेप्ट’ 
Sarbottam CementSarbottam Cement

वासिङटन । उडान व्यवसायहरुका लागि यो समय अत्यन्तै अनौठो छ । कोरोना महामारीका कारण हवाइ क्षेत्र ठप्प हुँदा विश्वका अधिकांश मानिसले गत वर्ष त्यति विमान नै देखेनन् होला । हामीले छुटाएका तिनै अनुभवहरु सम्बन्धी अबका दिनमा यसको डिजाइनमा आउने परिर्वतहरु हालै सम्पन्न गरिएको ‘क्रिस्टल क्याबिन अवार्ड्स’ मा प्रस्तुत गरिएको छ । यसमा विमान भित्रको इन्टेरियरमा फेरबदल गर्न आकर्षक, उत्साहजनक अनि नयाँ किसिमका योजनाहरु पेश गरिएको थियो । 

यस वर्षको अवार्ड कार्यक्रममा ‘हाइपर–कनेक्टेड डिजाइन’ देखि व्यक्तिगत क्याबिनको भविष्य लगायत अन्य विविध उपाधिमा पुरस्कृत गरिएको छ । यसको नतिजा २०२० को एयरक्राफ्ट इन्टेरियर एक्सपोमा सार्वजानिक गरिएको हो जुन पहिले जर्मनीमा आयोजना हुने भनिएको थियो । विजयीको छनोट प्यान्डेमिक अगाडिको माहोलमा तय गरिएको भएपनि कोभिडको समयमा यसको नतिजा उडान क्षेत्रको वृद्धि विकासका लागि उल्लेखनीय साबित हुन सक्ने बताइएको छ ।  

क्रिस्टल क्याबिन अवार्ड असोसिएसनका प्रोजेक्ट डिरेक्टर, कारमन भन्छन्, “यदि हवाइ उडानको माग फेरि पहिलेको अवस्थामा वृद्धि गराउनुछ भने अहिले हामीलाई यात्रुहरुलाई प्रेरित गर्ने उत्साहपूर्ण योजनाहरु चाहिन्छ । यात्रुहरुलाई चिन्तामुक्त भइ राम्रो अनुभव दिलाउन सक्नुपर्ने हुन्छ । यो पीढीको चुनौतिमा हवाइ उद्योगको प्रतिक्रिया केकस्तो रहनेछ भन्ने यसबाट पनि मूल्यांकन हुनेछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

अवार्ड प्राप्त गर्न सफल एउटा इन्जिनियरिङ कम्पनी हो ‘हेइनकेल ग्रुप’, जसको ‘फ्लेक्स लाउन्ज’ डिजाइनले इकोनोमी क्याबिनहरुमा पनि सहज र लचिलो व्यवस्थाको प्रस्तुत गरेको छ । यसको मुख्य कन्सेप्ट भनेको विमानले उडान भरिसकेपछि कर्मचारीहरुले सबै यात्रुलाई एकअर्काको आमने सामने पर्नेगरी क्याबिनलाई पुनः व्यवस्थित गराउन सक्नेछन् । यो डिजाइन महामारीको माहोलमा अनुकूल नभएपनि आकर्षक मानिएको छ । 

त्यस्तै विद्युतीय जेट एलिस, ‘क्याबिन कन्सेप्ट’ को विधामा विजयी भएको थियो । इजरायली हवाइ कम्पनी एलिसले प्रस्तुत गरेको इन्टेरियर डिजाइनमा १ हजार किलोमिटरको दुरीमा नौजना यात्रुलाई विभाजन गरि फराकिलो माहोलमा समावेश गर्न सकिन्छ । यसको डिजाइनले बोइङ र भर्जिन एट्लान्टिकको माथिल्लो क्लासलाई पनि हराएको हो । यसमा सबै यात्रुहरुको सिट यस प्रकार मिलाइनेछ कि प्रत्येकले विमानको ठूलो झ्याल तर्फ फर्किनेछन् । 

Global Ime bank

यता भिजनरी कन्सेप्टमा चाहिँ एयरबसलाई आगामी पीढीको क्याबिन कन्सेप्टका लागि छनोट गरिएको हो । यसमा पनि सिटहरु डिजिटल वातावरणसँग अनुकूल हिसाबले व्यवस्थित गरिनेछ । त्यस्तै ओभरहेड लगेज क्याबिन चाहिँ खालि या भरि भन्ने आधारमा त्यसको रङ पनि रातो र हरियो बालिनेछ । यसको प्राविधिक डिजाइनको उद्देश्य भनेको भूमिगत अवस्थामा हुँदा व्यक्तिले जस्तो महसुस गरिरहेको हुन्छ, उडान भरिसकेपछि विमानमा पनि ठीक त्यस्तै सहज आभास गराउनु रहेको थियो । 

नेदरल्यान्ड्सस्थित युनिभर्सिटी अफ टेक्नोलोजीले प्रस्तुत गरेको डिजाइनमा चाहिँ हामीले विमानको सिटलाई खाट जस्तै सुत्न मिल्ने ठाउँमा परिणत गर्न सकिन्छ । 

यसबाहेक ‘निर्णायकको छनोट’ र ‘सफा अनि सुरक्षित हवाइ यात्रा’ को अवार्ड चाहिँ अगस्टको अन्त्यमा मात्र सार्वजानिक हुने बतइएको छ । महामारीलाई ध्यानमा राख्दै यी दुई विशेष अवार्ड ल्याइएको हो ।  सिएनएन 
 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  ०४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC