site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ताइवानमा शोक, एक दशकयताकै भयानक दुर्घटना
Sarbottam CementSarbottam Cement

हुवालिएन । ताइवानको इतिहासमै शुक्रबारको सर्वाधिक भयानक रेल दुर्घटनाबाट कम्तीमा ५० जनाको मृत्यु भएपछि देशभर शनिबार शोक मनाइएको छ । मृतकहरुको सम्झनामा देशभर शनिबार राष्ट्रिय झन्डा आधा झुकाइएको छ ।

खोज तथा उद्धार टोलीहरु रेलका क्षतिग्रस्त डब्बाहरु बाहिर निकाल्न जुटेका छन् । अधिकारीहरुले शुक्रबारको रेल दुर्घटना एउटा मर्मतका लागि प्रयोग गरिएको ट्रक चिप्लिएर रेलको लिकमा खसेपछि भएको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

छुट्टी मनाउन हिँडेका व्यक्तिले खचाखच भरिएको त्यस रेलमा ५०० भन्दा बढी मानिस सवार थिए । तीव्र गतिमा दौडिरहेको रेल एउटा साँघुरो सुरुङ (टनेल)भित्र प्रवेश गर्नै लाग्दा ट्रकमा ठोक्किएर आफ्नो लिकबाट उछिट्टिएको थियो । पार्किङ ब्रेक राम्रोसँग नलगाएको आरोपमा पक्राउ परेका ट्रक ड्राइभरलाई प्रहरीले सोधपुछ गरी जमानतमा छाडेको छ ।

उद्धारकर्ताहरुले सुरुङभित्रको अवस्था दयनीय रहेको र रेलको अग्रभागका साथै डब्बाहरु कच्याककुचुक भएको पाएका थिए । "तीमध्ये अगाडिको आठ नम्बरको डब्बामा सबैभन्दा बढी क्षति पुगेको थियो र यही डब्बामा सबैभन्दा बढी व्यक्तिको ज्यान गएको थियो," उद्धारकर्मी चाङ जि–चेनले बताए ।

Global Ime bank

ताइवानको गृह मन्त्रालयले देशभर तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन आदेश दिएको थियो भने राष्ट्रपति चाई इंग–वेनले हुलियानको अस्पतालमा पुगेर घाइतेहरुलाई भेटेका थिए ।

उक्त दुर्घटनामा परेका १७५ जनाभन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको थियो । मृतकहरुमा एकजना फ्रान्सेली नागरिक पनि रहेका थिए ।

दुर्घटनामा परेकाहरुले आफूले भोगेका निकै डरलाग्दा कथाहरु सुनाएका छन् । एप्पल दैनिकसँग कुरा गर्दै एक पीडितले आफूले मानिसका शरीर र अंगहरु छरपस्ट देखेको बताएका छन् ।

ताइवानमा सन् २०१८ मा पनि ठूलै रेल दुर्घटना भएको थियो, जसमा १८ जनाको मृत्यु भएको थियो । सन् १९९१ मा दुईवटा रेल एकापसमा ठोक्किएर भएको अर्को दुर्घटनामा ३० जना यात्रीको ज्यान जानुका साथै ११२ जना गम्भीर घाइते भएका थिए । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC