site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अभिताभ बच्चनको परिवारले लगायो कोभिड–१९ विरुद्धको खोप 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । उनले आफ्नो परिवारको साथमा कोभिड–१९ विरुद्धको खोप लगाएका हुन् । यद्यपि अभिषेक बच्चन छायांकनका लागि मुम्बई बाहिर रहेकाले उनले खोप लगाएका छैनन् ।

बच्चनले एक ब्लगमार्फत यसबारे जानकारी दिएका हुन् । “खोप लगाउन सकियो । सबै ठिक छ । हिजो परिवार र कर्माचारीको कोरोना परीक्षण गराएका थियाैं । सबैको नेगेटिभ रिजल्ट आएको छ । अभिषेक बाहेक हामी सबैले खोप लगाएका छौं । ऊ केही दिनमा फर्केर लगाउने छ ,” उनले लेखेका छन् ।

गत वर्ष अमिताभ बच्चन, अभिषेक बच्चचन, ऐश्वर्या रोय बच्चन र आरध्या बच्चनलाई कोभिड संक्रमण भएको थियो । बलिउड हंगामाबाट ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १७:१६
प्रतिक्रिया दिनुहोस्