site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतमा ६ महिनायताकै धेरै संक्रमित, एकैदिन ८१ हजार जना थपिए 
तस्बिरः राेयटर्स

नयाँ दिल्ली । भारतमा बिहीबार पछिल्लो ६ महिनायताकै धेरै दैनिक संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयकाअनुसार बिहीबार ८१ हजार ४६६ नयाँ संक्रमित थपिएका छन् । यस्तै, भारतका धेरै राज्यहरूमा कोरोनाको दोस्रो लहर सुरु भएको छ । 

कोभिड–१९ बाट धेरै प्रभावित भारतको पश्चिमी राज्य महाराष्ट्रमा मात्र बिहीबार ४३ हजार १८३ संक्रमित भेटिएका समाचार संस्था राेयटर्सले जनाएकाे छ । संक्रमण बढेसँगै रात्रिकालीन कर्फ्यु लगाइएको महाराष्ट्रमा थप कडाइ गर्ने तयारी भइरहेको जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

छत्तिसगढ, कर्नाटक, पन्जाब, केरला, तमिलनाडु, गुजरात र मध्य प्रदेशमा पनि संक्रमणदर बढ्दो छ । अमेरिका र ब्राजिलपछि सबैभन्दा धेरै संक्रमित भेटिने भारत तेस्रो मुलुक हो ।

भारतले गत वर्षको सुरुमा कोरोना संक्रमण नियन्त्रण गर्नका लागि निकै कडा कदमहरू चालेको थियो । तर अर्थतन्त्र चलायमान बनाउन कडाई कम गरेपछि विस्तारै फेरि संक्रमण बढिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १५:५१
प्रतिक्रिया दिनुहोस्