site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
म्यानमार सैन्य ‘कू’ : ४३ बालबालिकाको मृत्यु, थप रक्तपातकाे जाेखिम
सांकेतिक तस्बिरः एजेन्सी
Sarbottam CementSarbottam Cement

नेपित । म्यानमारमा सैन्य दमनका कारण कम्तीमा ४३ जनाको ज्यान गएको छ । बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्ने संस्था ‘सेभ द चिल्ड्रेन’काअनुसार म्यानमारमा सेनाको दमनका कारण हालसम्म ४३ बालबालिकाको ज्यान गएको हो ।

सेनाले सत्ता हातमा लिएयता ज्यान गुमाएका ५३६ जनामध्ये ४३ बालबालिका रहेको जानकारी दिँदै सेभ द चिल्ड्रेनले म्यानमारको स्थिति निकै दर्दनाक रहेको बताएको छ । ज्यान गुमाउनेमा एक जना ६ वर्षीया बालिका समेत रहेकी उक्त संस्थालाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समय सेनाले प्रदर्शन दबाउन कडा कदमहरू चालिरहेको छ । म्यानमारको सीमान्त इलाकाहरुमा सेना र नश्लीय अल्पसंख्यक समूहबीच संघर्ष बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । म्यानमारका लागि संयुक्त  राष्ट्र संघीय दूतकाअनुसार यहाँ थप रक्तपात हुने सम्भावना छ ।

गत वर्षको नोभेम्बरमा भएको निर्वाचनमा प्रजातन्त्रवादी नेतृ आङ सान सूकीको दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत ल्याएको थियो । आफ्नो पक्षमा मत नआएपछि निर्वाचनमा व्यापक धाँधली भएको भन्दै सेनाले सत्ता हातमा लिएको थियो । त्यसपछि सैन्य शासनको विरोधमा भइरहेका प्रर्दशन थप हिंसात्मक बन्दै गएको छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC